सोलुखुम्बुको मिड सोलु जलविद्युतले थाल्यो परीक्षण उत्पादन

  • मंसिर २८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । सोलुखोलामा निर्माण सम्पन्न मध्य (मिड) सोलुखोला जलविद्युत् आयोजनाले विद्युत् परीक्षण उत्पादन सुरु गरेको छ ।

उपकरण परीक्षणको काम सफल भएपछि नेपाल विद्युत् प्राधिकरणले निरीक्षण गरेपश्चात गएको आइतवारबाट परीक्षण उत्पादन थालेको आयोजनाले जनाएको छ ।

कम्पनीका इलेक्ट्रिकल इञ्जिनियर एवम् प्लाट इञ्चार्ज अनिश खड्काका अनुसार अहिले आयोजनाले ४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । १५ दिनसम्म परीक्षण गरेपश्चात् विद्युत बिक्रीका लागि उत्पादन थाल्ने मिड सोलु हाइड्रो पावर लिमिटेडका निर्देशक माधव मैनालीले जानकारी दिए ।

९ दशमलव ५ मेगावाट क्षमताको आयोजनाले हिउँद सिजनमा ५ मेगावाट मात्रै विद्युत् उत्पादन गर्न सक्ने निर्देशक मैनालीले बताउनु भयो । २०७७ असोजमा निर्माण सुरु भएको १३२ केभी प्रसारण लाइन आयोजनाको पावर हाउसदेखि खोरिया हुँदै सोलु कोरिडोरको सबस्टेशन तिङ्लामा जोडिएको छ ।

दुई वर्षमै निर्माण सम्पन्न भएको अयोजनाको विद्युत् गृह सोलुदूधकुण्ड नगरपालिका ६ दोर्पुमा रहेको छ । परियोजनाको निर्माण लागत करिब २ अर्ब रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved