कंगोको राजधानी किन्शासामा बाढी र पहिरोमा परी १२० जनाको मृत्यु

  • मंसिर २८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । मध्य अफ्रिकी देश कंगोको राजधानी किन्शासामा भारी वर्षासँगै आएको बाढी र पहिरोमा परी कम्तिमा एकसय २० जनाको मृत्यु भएको छ।

कैयौं मानिस अझै बेपत्ता रहेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रधानमन्त्री जीन लुकोन्डोले जनाएका छन्। बाढीका कारण किन्शासाका विभिन्न १२ क्षेत्रमा बसोबास गर्ने करिब एक करोड २० लाख मानिस प्रत्यक्ष प्रभावित भएको जनाइएको छ।

बाढीका कारण घर तथा सडक डुबेका छन्। मोन्ट नागफुला जिल्लामा आएको पहिरोले राजधानी जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएको छ। कंगो नदीको दक्षिणी किनारमा अवस्थित किन्शासा कुनै बेला माछा मार्ने र त्यसको व्यापार गर्ने गाउँका रुपमा रहेको थियो। पछिल्लो समयमा भने यो तीव्र गतिमा विस्तार भइरहेको महानगरका रुपमा परिणत भएको छ।

अव्यवस्थित र द्रुत शहरीकरणका कारण किन्शासा भारी वर्षासँगै अप्रत्याशित रुपमा आउने बाढीको जोखिममा परेको जनाइएको छ। जलवायू परिवर्तनका कारण पनि जोखिम थप बढेको विज्ञको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved