काठमाडौं । कृतिम अभाव सृजना गरि बढी मूल्यमा सर्जिकल मास्क विक्री गर्ने आठ जनालाई प्रहरीले नियन्त्रणा लिएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनिहरुलाई डल्लुबाट नियन्त्रणमा लिएको हो। चाइनाबाट ल्याएको मास्क कालोबजारीमा विक्री गरिरहेको जानकारी पाएपछि नियन्त्रणमा लिएको परिसरले जानकारी दिएको छ।
सुचना पाएपछि डल्लु पुगेर गोदाममा हेर्दा विक्री गर्न लागेकवस्थामा पक्राउ गरेको डिप्रहरीको भनाइ छ। पक्राउ पर्नेमा अनिश कार्की, उज्वल अधिकारी, मानकाजी लामा, थुमराज उपाध्याय, निर्प कार्की, मिन्टु तामाङ, गणेश तामाङ लगायत रहेका छन्।
तीन रुपैयाँ पर्ने मास्क ३० रुपैयाँ भन्दाबढी मूल्यमा विक्री गर्न लागेको प्रहरीले जानकारी दिएको छ। गोदामबाट प्रहरीले ७८ हजार २ सय ५० वटा मास्क बरामद गरेको हो। विश्वभर फैलिएको कोरोना भाइरसको कारण नेपालमा पनि मास्कको अभाव भएको छ। यसैको फाईदा कालोबजारी गर्नेहरुले लिmइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved