आइतबारदेखी नाकाबन्द गरिदै

  • चैत्र १, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । भारतले स्थलमार्गबाट प्रवेश गर्ने सबै नाकाहरुलाई बन्द गर्ने निर्णय गरेको छ। यसमा नेपालका सबै नाकाहरु पनि परेका छन्। यद्यपि नेपाली र भारतीयहरुको आउजाउका लागि भने चार वटा नाकाहरुको प्रयोग दिइने छ।

कोरोना भाइरस (कोभिड)१९ को संक्रमण नियन्त्रणका लागि भन्दै नेपाल, बंगलादेश, भुटान र म्यानमारसँग जोडिएका सबै नाका बन्द गर्ने निर्णय गरेको हो। यो व्यवस्था आइतवारदेखि अर्को सूचना जारी नगर्दासम्म कायम रहने भारतीय गृह मन्त्रालयले जनाएको छ। यसअघि भारतको स्वास्थ्य मन्त्रालयले एडभाइजरी जारी गर्दै सबै विदेशी नागरिकहरुका लागि पर्यटक भिसा रद्द गर्ने जनाएको थियो। सोही अनुरुप स्थलमार्गबाट भित्रिने विदेशी नागरिकहरुलाई पनि कडाइ गर्न सीमा नाकाहरु बन्द गरेको हो।

2 1

भारतले चार देशका २० वटा सीमा नाकालाई खुला गरे पनि यी नाकाबाट प्रवेशमा भने कडाइ गर्ने भएको छ। गृह मन्त्रालयको फरेनर्स डिभिजन अन्तर्गतको अध्यागमन सेक्सनका तर्फबाट उपसचिव समिम अहमदले जारी गरेको वक्तव्यमा नेपालसहित भुटानका नागरिकलाई भारत प्रवेशमा रोक लगाइने भने छैन। निर्धारित नाकाबाट भारत प्रवेश दिइने उल्लेख छ। त्यस्तै भारतले मालदिभ्सका नागरिकलाई भिसा दिएर प्रवेश दिने जनाएको छ। भारतीय गृहमन्त्रालयले जारी गरेको वक्तव्यमा नेपालसँग सीमा जोडिएको उत्तराखण्ड राज्यको बनबासा,भिमदत्त महेन्द्रनगर, उत्तर प्रदेशसँग सीमा जोडिएको सुनौली,लहिया, विहार राज्यको रक्सौल, वीरगंज र पश्चिम बंगालको रानिगंज, काकरभिट्टा नाकाबाट मात्र नेपालीहरु भारत प्रवेश गर्न पाउने छन्।

यी नाकाबाट पनि तेस्रो मुलुकका नागरिकहरु भारत प्रवेश गर्न पाउने छैनन्। भारतको गृहमन्त्रालयले जारी गरेको वक्तव्यको चौथो बुँदामा नेपाल र भुटानका सीमा नाकाहरूका सन्दर्भमा हवाईमाध्यमबाट वा उल्लेखित नाकाहरूको एकीकृत जाँचबाट आवागमनमा यो नियमले केही प्रभाव नपार्ने उल्लेख छ। यी नाकामा स्वास्थ्य जाँचको बन्दोबस्त गरिएको पनि भारतीय सूचनामा उल्लेख छ। बनबासा, सुनौली, रक्सौल र रानीगञ्ज नाकाबाट मात्रै नेपाली र भारतीय नागरिकको आवागमन गर्न दिने छ।

3 1

भारतले बंगलादेश(भारत यात्रु रेल तथा सबै बसहरुलाई अर्को सूचना नआउँदासम्मका लागि बन्द गरेको छ। त्यस्तै भारत प्रवेश गर्ने नेपाली र भुटानीहरुको स्वास्थ्य परीक्षण गरिने छ। कोभिड १९ को लक्षण देखिएका वा हालै इटाली, इरान, चीन,स्पेन, फ्रान्स, जर्मनी र दक्षिण कोरिया भ्रमण गरेका व्यक्तिहरु भने क्वारेन्टाइनमा बस्नुपर्ने छ। त्यस्ता क्वारेन्टाइन राज्य सरकार वा केन्द्र सरकारले आवश्यक सुविधासहित सञ्चालन गर्ने बताइएको छ।

बंगलादेश र म्यानमारका नाकाबाट त्यहाँका नागरिकको आवागमनलाई भने भारत सरकारले पूर्ण रुपमा बन्देज लगाएको छ। त्यस्तै सीमावर्ती बजारहरुमा पनि विदेशी नागरिकलाई रोक लगाउने जनाएको छ। भारतको गृह मन्त्रालयले कुटनीतिक तथा अफिसियल राहदानी बाहक, राष्ट्र संघ वा अन्य अन्तर्राष्ट्रिय संगठनका अधिकारीहरु, श्रम तथा योजना भिसा बोकेका नागरिकलाई मात्र भारत प्रवेश दिने छ। भारतले ती अधिकारीका आश्रित परिवारलाई भने प्रवेश दिने छैन।

last

त्यस्तै इटाली र दक्षिण कोरिया भ्रमण गरेका व्यक्तिहरुले भने कोभिड १९ परीक्षण गरी संक्रमण नभएको प्रमाणपत्र पेश गर्नुपर्ने छ। त्यस्तै ट्रान्सिटका लागि विदेशहरुले भारतीय विमानस्थल प्रयोग गर्न दिए पनि स्वास्थ परीक्षण आवश्यक गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved