सिटीसँग घरेलु मैदानमा हार्‍यो चेल्सी

  • पुस २२, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ।

चेल्सीको मैदान स्टामफर्ड ब्रिजमा गएराति भएको खेलमा सिटीले पहिलो हाफमा गोलका लागि संघर्ष गरेको थियो। चेल्सीले गोलका अवसर भने सदुपयोग गर्न सकेन।

६० औं मिनेटमा बर्नान्डो सिल्भाको स्थानमा रियाद महरेज र फिल फोडनको स्थानमा ज्याक ग्रिलिस मैदान प्रवेश गरेका थिए। खेलको ६३ औं मिनेटमा सिटीका लागि ग्रिलिसको सहयोगमा महरेजले गोल गर्दै अग्रता दिलाएका थिए। त्यो गोल नै जितका लागि पर्याप्त बन्यो।

जारी सिजन प्रिमियर लिगमा महरेजको यो दोस्रो गोल हो। जितसँगै सिटीले शीर्ष स्थानको आर्सनलसँगको दूरी पाँच अंकमा झारेको छ।

दोस्रो स्थानमा रहेको सिटीले १७ खेलबाट ३९ अंक जोडेको छ। लिग लिडर आर्सनलको ४४ अंक छ।

१८ खेलबाट ३५ अंक जोडेको न्युक्यासल तेस्रो र चेल्सी २५ अंकका साथ १० औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved