काठमाडांै । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइसरको संक्रमण अहिले विश्वका १सय ६० भन्दा बढी देशमा फैलिएको छ ।
कोरोना सक्रमणबाट बिश्वमा अहिलेसम्म ७ हजार १ सय ७५ जनाको मृत्यु भएको छ । त्यस्तै १ लाख ८३ हजारभन्दा बढी संक्रमित भएका छन् ।
पछिल्लो समय चीनमा भन्दा अमेरिका र युरोपका देशहरुमा कोरोनाको संक्रमण बढिरहेको छ । इटालीमा कोरोनाका कारण २ हजार १ सय ५८ जनाको मृत्यु भएको छ भने २७ हजार ९ सय ८० जना भन्दा बढी संक्रमित भएका छन्।
त्यस्तै इरानमा ८ सय ५३ जनाको मृत्यु भएको छ भने १५ हजार संक्रमित भएका छन्। स्पेनमा ३ सय ४२ को मृत्यु भएको छ भने १० हजार संक्रमित भएका छन्।
चीनमा अहीलेसम्म ३ हजार २ सय २६ जनाको मृत्यु भएको छ भने ८० हजारभन्दा बढी संक्रमित भएका छन् । चीनबाहिर मात्रै अहिलेसम्म ३ हजार ८ सय ९४ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved