नेपाल भारत संयुक्त संर्वे टोलीले निर्माण गरेका सिमा पिल्लर नै विवादास्पद, स्थानियले भत्काए पिल्लर

  • चैत्र ५, २०७६
  • कालापानी मिडिया
alt

डिल्लीराज पन्त,कञ्चनपुर । हालै नेपाल भारत संयुक्त संर्वे टोलीले निर्माण गरेका र निर्माणधिन सिमा पिल्लर हरु विवादीत भएका छन ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं.३ वैवाह क्षेत्रमा गाडिएको ७८३ ( ४) नम्बर पिलर र निर्माणाधिन सहायक सिमा पिल्लरहरु विवादित भएका हुन । भारतले नेपाली भूमी हड्प्नका लागि लालपुर्जाधारी नेपालीको जमिनमा सीमा पिलर गाडेको बिरोधमा स्थानीयले ति सिमा पिल्लरहरु तोडफोड नै गरी दिएका छन । बर्षौ देखी आफुहरुले चलनभोगमा ल्याएको जमिनमा सीमा पिलर गाडिएको र गाड्नका लागि तयारी अवस्थामा रहेका खाडक्रोसित स्थानीयले भत्काईदिएको बताएका छन ।

88968640_2510719662499541_1615442963595264000_n
संयुक्त सर्वे टोलीले उक्त क्षेत्रमा सीमा पिलर गाड्न र गाड्नका लागि खाल्टा पारेको थियो । नेपालीको लालपुर्जाधारी जमिनमा सीमा पिलर गाडेर नेपाली भूमि हड्प्न खोजेको भन्दै स्थानीयले बिरोध गरेपछि सर्वेको काम रोकिएको थियो । साढे पाँच दशकदेखि बस्दै आएको उक्त बस्तीका स्थानीयको जमिन भारतमा परेको देखिए पछि सीमा विवाद चुलिएको हो । उक्त क्षेत्रमा संयुक्त टोलीले काम गर्न छाडेर कैलालीको खर्गौला नाकातर्फ गएको छ । स्थानिय निकाय संग सहकार्य नै नगरी सिमांकन गरेकाले सरकारी लापर्रबाहीका कारण नेपाली भूमि भारतमा पर्न गएको बेल्डाडि गाउपालिका –३ का वडा अध्यक्ष दुर्गा प्रसाद चौधरीको भनाइ छ ।

89647297_2511182952453212_6113465687601053696_n

कतिपयले आफ्नो जमिनमा सीमा पिलर परेकाले त्यसको बिरोध गर्दै सीमा क्षेत्रमा तोडफोड भन्दा पनि कुटनीतिक ढङगबाट सीमा समस्या समाधान हुनुपर्ने बताएका छन्् । बेलडाँडी गाउपालिकाले सिमा पिल्लर राख्ने कार्यका विरोध भएकाले यसलाई थप कुटनितिक पहल गरी सच्याई सिमांकन गर्न र नेपाली भू–भागमा निर्माण भईरहेका सीमा स्तम्भ निर्माणको काम तत्काल रोक्न माग गरेको छ । बेलडाँडी गाउपालिका का अध्यक्ष धन बहादुर थापाले बेलडाँडी गाउँपालिका ३, ४ र ५ नम्बर वडा क्षेत्रमा जोडिएको सीमानामा भईरहेको सर्वेको काम विवादास्पद भएकाले जतिसक्दो छिटो काम रोक्न पहल गरीने वताएका छन ।

90183849_2511182882453219_338861988962631680_n

उक्त क्षेत्रमा विस २०२४ सालदेखि नै बसोबास थियो, नेपाली नागरिकसंग लालपुर्जा पनि छन तर अहिले आएर तिनै नेपालीका जमिनमा सीमा पिलर गाडिदैछन । यस्ता खाले समस्या दुवै पक्षको कुटनितिक पहर गरी समाधान तर्फ जानु जरुरी छ ।

90073732_2511182822453225_6735120426550165504_n (1)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved