काठमाडौं । मोडर्न कन्या कलेज बानेश्वरमा बिधाकि देवी सरस्वतीमाताको पूजा अर्चना गरेर विद्यार्थीहरुले सुरस्वती पुजा मनाएका छन् ।
सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी, हंस वाहन संयुक्ता विद्यादानं करोतु मे भन्दै वसन्त ऋतुको सुरुवात तथा विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतीमाताको पूजा आराधना गरी विध्यार्थीहरुले पुजा मनाएका हुन् ।
सो अवसरमा उप.प्रा. कृष्ण अधिकारीले पूजापाठसहित सरस्वती बन्दनाको सामूहिक प्रार्थना गराएका थिए । यस्तै प्रा.डा. रामप्रसाद दाहाल, प्रा.माधव घिमिरे, प्रा. मुकुन्दराज दाहाल, प्रिन्सिपल सविन पोख्रेल ,कमल नेत्र छुनामुना स्कूलका प्रिन्सिपल ज्ञानेन्द्र भट्टराई, मातृशक्ति सहकारी कि अध्यक्ष सीता भट्टराई, चर्चित गायिका जीना रसाइली, छात्रा निकिशा श्रेष्ठ र पार्वती भण्डारी लगायतले वसन्त पन्चमी र सरस्वतीको महत्व माथी प्रकाश पारेका थिए ।
सो अवसरमा बक्ताहरुले श्रीपंचमी (वसन्त पंचमी)को यस दिनमा विद्या, बुद्धि र विवेक की अधिष्ठात्री महासरस्वतीको विशेष पूजा, प्रार्थना र आराधना बारे प्रस्ट्याएका थिए । यसै दिन देखी वाल वालिकाहरूलाई पहिलो पटक अक्षारंभ गराउने परम्परा पनि छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Kalapanimedia.com All rights reserved