नेपालमा कोरोना संक्रमण बढ्यो,रुपन्देहीको सीमा नाकामा कडाइ

  • चैत्र २३, २०७९
  • कालापानी मिडिया
alt

रविन्द्र गुप्ता, भैरहवा । कारोना जोखिम बढेपछि रुपन्देहीको सीमा नाकामा कडाइ गरिएको छ । भारतबाट स्वदेश फर्किने नागरिकमा कोराना (कोभिड) संक्रमण पुष्टी हुन थालेपछि चेकजाँचमा कडाइ गरिएको हो ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सीमा क्षेत्रमा नियमित चेकजाँचलाई बढाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए । उनले विशेष गरी भारतमा लामो समयसम्म बसेका र भारतीय पर्यटकलाई लक्षित गर्दै चेकजाँचको दायरा बढाइएको जानकारी दिए । ‘चेकजाँचका क्रममा संक्रमित फेला परेमा संक्रमितलाई गन्तव्यसम्म पुर्याउने र ट्याकिङ गर्ने तथा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिन विशेष सावधानी अपनाउन अनुरोध गरेका छौं, ’प्रजिअ पाण्डेले भने । भारतमा संक्रमण फैलिरहेकाले सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको उनको भनाइ छ ।

स्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख गौरव ढकालले हेल्थ डेस्कमार्फत निगरानी बढाइएको बताए । उनले हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गर्ने र संक्रमित पुष्टि भए सुरक्षित ढंगले घरसम्म पुर्याइएको बताए । ‘भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा स्वदेश फर्किएकामा संक्रमण देखिन थालेपछि चेकजाँच र निगरानी बढाइएको उनले बताए । परीक्षणको दायरा बढाएका छौं, एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिन परामर्श पनि दिएका छौं, ’ढकालले भने ।

यसैबीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, रुपन्देही प्रहरी प्रमुख (एसपी) भरत बहादुर वि.क., स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाललगायतले बेलहिया हेल्थ डेस्कको अनुगमन गर्दै त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् ।

सोक्रममा प्रजिअ पाण्डेले कोभिड-१९ को संक्रमण बढ्न नदिन अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताए । उनले स्वास्थ्य परीक्षणको दायरालाई बढाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए । भारतदेखि आउने पर्यटकहरूसँग पीसीआर रिपोर्ट माग्ने र नभएमा अनिवार्य रुपमा एन्टिजेन परीक्षण गर्न निर्देशन दिइएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved