चिनिया राष्ट्रपति सी र फ्रान्सका राष्ट्रपति म्याक्रोँबीच बेइजिङमा भेटवार्ता

  • चैत्र २३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँबीच बिहीवार बेइजिङमा भेटवार्ता भएको छ । भेटवार्तामा म्याक्रोँले विगत केही वर्षदेखि चीन र फ्रान्सले द्विपक्षीय सम्बन्धमा सकारात्मक र सुदृढ वृद्धिको गति कायम राख्न मिलेर काम गरेको बताएका हुन् ।

राष्ट्रपति म्याक्रोँको तीन वर्षभन्दा लामो समयपछि भएको चीनको राजकीय भ्रमणको स्वागत गर्दै राष्ट्रपति सीले बदलिँदो र अस्थिर अन्तर्राष्ट्रिय परिदृश्यका बाबजुद भएको भेटले रुस–युक्रेन युद्ध अन्त्यका लागि वातावरण बनाउने विश्वास विश्व समुदायले लिएको बताए। दुवै पक्षले हाइब्रिड ढाँचामा उच्च आवृत्ति र उच्च गुणस्तरको रणनीतिक सञ्चार कायम गरेको, कोभिड–१९ विरुद्धको लडाइँमा एकअर्कालाई सहयोग गरेको, द्विपक्षीय व्यापारमा बलियो वृद्धि भएको र एअरोस्पेस, उड्डयन, कृषि, खाद्य र अन्य क्षेत्रमा सहयोगका महत्त्वपूर्ण परिणाम देखेको उनले बताए।

जलवायु परिवर्तन, जैविक विविधता र अफ्रिकाको विकासजस्ता विषयमा दुई देशबीच घनिष्ठ संवाद र समन्वय पनि भएको सीले बताए । अहिले विश्व गम्भीर ऐतिहासिक परिवर्तनबाट गुज्रिरहेको उल्लेख गर्दै सीले चीन र फ्रान्स संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्का स्थायी सदस्य तथा स्वतन्त्रताको परम्परा बोकेका प्रमुख देश भएको उल्लेख गरे ।

‘चीन र फ्रान्स बहुध्रुवीय विश्व र अन्तर्राष्ट्रिय सम्बन्धमा बृहत्तर लोकतन्त्रका पक्षधर हुन् । मतभेद र अवरोधबाट माथि उठ्ने, स्थिर, पारस्परिक लाभप्रद, उद्यमशील र गतिशील व्यापक रणनीतिक साझेदारीको समग्र दिशामा अघि बढ्ने र विश्व शान्ति, स्थिरता र समृद्धिका लागि साँचो बहुपक्षीयताको अभ्यास गर्ने क्षमता र जिम्मेवारी उनीहरूसँग छ’, उनले भने।

राष्ट्रपति म्याक्रोँको चीन भ्रमण विश्वसँग चीनको पूर्णरूपमा खुला आर्थिक सम्बन्ध सुरु भएपछि र सीको ‘दुई कार्यकाल’ को सफल समापनपछि भएको हो । चिनियाँ राष्ट्रपति सीले यो भ्रमणले चीन–युरोप सम्बन्धमा नयाँ गति प्रदान गर्ने र नयाँ ऊर्जा ल्याउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved