बिमा रकम लिन बिचौलियाको भर नपर्न सरकारको आग्रह

  • चैत्र २५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बोर्ड र बिमामार्फत पाउने आर्थिक सहायता लिन बिचौलियाको भर नपर्न आग्रह गरेको छ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता डण्डुराज घिमिरेद्वारा शुक्रबार जारी विज्ञप्तिमार्फत वैदेशिक रोजगारीमा ज्यान गुमाएका मृतक श्रमिकका परिवारले वैदेशिक रोजगार बोर्ड र बिमामार्फत पाउने रकम पछिल्लो समय बिचौलियाले ठगी गर्ने गरेको भन्दै बोर्ड र बिमामार्फत पाउने रकम लिन कसैको पनि भर तथा दबाबमा नपर्न अनुरोध गरिएको हो।

वैदेशिक रोजगारीमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई बिचौलियाले अनावश्यक हस्तक्षेप गर्दा पाउनु पर्ने पूरा रकम परिवारका सदस्यले नपाएको गुनासो बढेको र यदि कोही कसैले त्यस्तो प्रलोभनमा पारेर ठगी गरेमा मन्त्रालयमा सिधै जानकारी गराउनसमेत उक्त विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।

‘विदेशबाट शवसँग आएका कागजातसहित मृत्यु दर्ताको प्रमाणपत्र, पालिकाको सिफारिस लगायतका कागजात आवश्यक पर्छ। यी कागज आफ्नो पालिकाबाट सहजै बनाउन सकिन्छ, तर पनि केही बिचौलियाले अनावश्यक हस्तक्षेप गर्ने, श्रमिकका परिवारलाई ठगी गर्ने प्रवृत्ति बढ्दो रहेको र श्रमिक तथा निजका आफ्न्तहरुले अनावश्यक झञ्झट एवं दुःख व्यहोर्नुपरेको र मर्का परेको भन्ने जस्ता खबरप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।

यस्तो समस्या परेमा निःशुल्क नम्बर १६६००१५०००५११४१, विदेशबाट अथवा सःशुल्क नम्बर ९७७१५९७०००८ वा भाइवर र इमोमा कल तथा म्यासेज ९८०१८०००१३, ९८५११८०९५९ नम्बरमा गर्न सकिने मन्त्रालयले जनाएको छ।

बिचौलियाले अनावश्यक हस्तक्षेप गर्ने, श्रमिकका परिवारलाई विभिन्न बहानामा सहयोग गरेको जस्तो गरेर पनि रकम ठगी गर्ने कार्यमा कोही संलग्न भए वा यस्तो कार्य गरेमा कडा कारवाही गर्ने मन्त्रालयले चेतावनीसमेत दिएको छ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको रोजगारीकै सिलसिलामा श्रम स्वीकृतिको अवधि सकिएको एक वर्षभित्र कोही कसैको ज्यान गएमा वैदेशिक रोजगार बोर्डले सात लाख र म्यादी जीवन बिमाबाट १४ लाख गरी २१ लाख रुपैयाँसम्मको रकम श्रमिक वा निजका श्रीमती वा निजका एकाघरको नाताको खातामा स्वतः स्थानान्तरण गर्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

यस्तो आर्थिक सहायताका लागि आफ्नो पालिकाको सिफारिसमा पालिकाबाटै बोर्डमा निवेदन पठाउन मिल्ने जनाइएको छ। साथै श्रम स्वीकृतिको अवधि सकिएको एक वर्षपछि कोही श्रमिकको रोजगारीको सिलसिलामा ज्यान गएमा बोर्डले मृतक परिवारलाई एकमुष्ट २५ हजार रुपैयाँ उपलब्ध गराउने गरेको छ।

यो आर्थिक सहायता लिन कोही कसैलाई भनसुन गर्न नपर्नेसमेत मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ। वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको आरोपमा प्रहरीले छजनालाई पक्राउ गरी आजै सार्वजनिक गरेको थियो।

रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved