बुटवल । पश्चिम नेपालको लाइफलाइन बुटवल–नारायणगढ सडकखण्ड निर्माण थालनी भएको चार वर्ष पूरा भएको छ ।
यस अवधिमा यात्रुहरूले निकै कष्ट बेहोरे । कैयौं दुर्घटनासमेत भए तर सडक निर्माणको गतिमा अघि बढेको छ । यो सडक निर्माण सम्झौताको अवधि सकिएको आठ महिना बितेको छ , तर, म्याद सकिएर फेरि थपिएको सडक निर्माणको भौतिक प्रगति अहिलेसम्म जम्मा २८ प्रतिशत मात्रै छ । सडकको वित्तीय प्रगति १५ प्रतिशत मात्रै छ ।
यो सडक निर्माणको ठेक्का चाइना स्टेट इन्जिनियर कर्पोरेशनले लिएको थियो । साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माणको ४८ महिना बितिसक्दा २८ प्रतिशत मात्रै काम भएको हो ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved