स्वास्थ्य मन्त्रालयको प्रवेशद्वारमा राखिएको कृत्रिम फोक्सो १५ दिनमै कालो

  • बैशाख ८, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने असरबारे जनचेतना जगाउन स्वास्थ्य मन्त्रालयले राखेको कृत्रिम फोक्सो १५ दिनमै कालो भएको छ ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले आज शुक्रवार विज्ञप्ति निकालेर मन्त्रालयको प्रवेशद्वारमा राखिएको जोडी कृत्रिम फोक्सो १५ दिनमै कालो भएको जानकारी गराउका हुन् । एईपीए फिल्टरबाट बनेको कृत्रिम फोक्सो काठमाडौं उपत्यकामा उच्चस्तरको प्रदूषणको कारणले १५ दिनमै कालो भएको विज्ञप्तिमा उल्लेख छ ।

विश्व स्वास्थ्य दिवसको अवसर पारेर २०७९ चैत २४ गते मन्त्रालयको प्रवेशद्वारमा फोक्सो जडान गरिएको थियो । १५ दिनमा आएको परिवर्तनलाई तस्बिरका माध्यमले बुझाउन विभिन्न ठाउँमा जनचेतनामूलक अभियानका लागि प्रयोगमा ल्याउने योजना बनाएको पनि विज्ञप्तिमा उल्लेख छ । एक महिनाका लागि राखिएको भए पनि १५ दिनमै कालो भएपछि फोक्सो निकालिएको सह–प्रवक्ता अधिकारीले जानकारी दिउका छन्।

नेपालमा वायु प्रदूषणको मुख्य कारणमा गाडीबाट निस्कने धुवाँ, धुलो, औद्योगिक कलकारखानाबाट हुने उत्सर्जन, जङ्गलमा लाग्ने डढेलोको साथै घर, रेस्टुरेन्ट तथा होटेल व्यवसायबाट हुने उत्सर्जन र ऊर्जाका रूपमा काठ, दाउरा, कोइला, ब्रिकेटको आदि प्रयोग हुनु रहेको छ । वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्याहरूका साथै हृदयाघात, मतिष्कघात, आँखा, छालासम्बन्धी रोग र क्यान्सरसमेत निम्त्याउने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

release_Da59CeroqX (1)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved