८ घण्टादेखि बाघलाई स्थानीयको घेरा, नियन्त्रणका लागि आयो बर्दियाबाट टोली

  • बैशाख ८, २०८०
  • कालापानी मिडिया
alt

कचनपुर । महिलामाथि आक्रमण गर्ने बाघलाई स्थानीयले दिउसोदेखि घेरेर बसेका छन्। आक्रमणको घटना पछि बेलौरी नगरपालिका–८ पचुइँको खप्टिनालास्थित झाडीमा लुकेको बाघलाई स्थानीय र सुरक्षाकर्मीले घेरा हालेका हुन्।
बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली खप्टिनाला पुगेको छ । उक्त टोलीलाई सहयोग गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली बाघ रहेको क्षेत्रमा पुगिसकेको निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले जानकारी दिए।

‘आवश्यक परेमा हात्तीको प्रयोग गर्न सकिनेछ त्यसका लागि बेल्डाडी पोष्टमा हात्ती तम्तयार अवस्थामा राखिएका छन्,’ उनले भने। शुक्रबार (आज) बिहान करिब ११ बजेतिर पचुइँकी गंगा चन्दलाई बाघले आक्रमण गरेको थियो। गाउँका ४÷५ जना महिलासँगै घाँस काटन उनी बिहान खप्टिनाला क्षेत्रमा गएकी थिइन।

आत्तिदै गाउँमा आएका महिलाले घटनाको बेलिबिस्तार लगाएपछि स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला सव डिभिजन वन कार्यालय कुण्डाका कर्मचारी उक्त क्षेत्रमा पुगेका थिए। बाघले स्थानीयलाई झम्टिएपछि प्रहरीले ६ राउण्ड हवाई फायर गरेको जनाएको छ।

बाघको आक्रमणपछि महिला बेपत्ता भएकी छन्। ८ घण्टासम्म पनि उनको अवस्था थाहाँ नपाएपछि स्थानीय आक्रोशित छन्। उनीहरुले ढुंगा प्रहार गर्दा एक जना प्रहरी कर्मचारी घाइते भएका छन्।

ड्रोन क्यामेरामा बाघ र महिलाका वस्त्र देखिएको सव डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवले बताए। ‘बर्दियाको प्राविधिक टोली घटनास्थलमा पुगेपछि बाघलाई नियन्त्रणमा लिइनेछ,’ उनले भने।

बाघलाई डार्ट गरी लठ्याएर नियन्त्रणमा लिइन्छ। राति हुन लागेकाले त्यो काम आजै गर्ने वा भोलि त्यसको टुंगो भने लागिसकेको छैन। घटनापछि स्थानीय त्रसित छन्। करिब १ हजारको संख्यामा रहेका स्थानीयले बाघलाई घेरा हालेर बसेका छन्। बाघ फुत्किएमा फेरी अरुमाथि आक्रमण हुनसक्ने भय उनीहरुमा देखिन्छ।

चन्दसँगै घाँस काटन गएका अन्य महिलाले भागेर ज्यान जोगाएका थिए। उनीहरु बोल्न सक्ने अवस्थामा छैनन। यो घटनाले पचुइँ क्षेत्रमा त्रास फैलिएको छ। यसअघि चैत मध्यतिर घाँस काटन दुधुवा राष्ट्रिय निकुञ्ज क्षेत्रमा गएकी पुनर्वासकी एक महिलाको बाघको आक्रमणमा मृत्यु भएको थियो।

त्यस लगत्तै सीमावर्ती भारतीय गाउँमा पनि बाघकै आक्रमणमा अर्की एक महिलाले पनि ज्यान गुमाएकी थिइन। यी घटनाहरुले यो क्षेत्रमा त्रास बढेको हो। जिल्ला सव डिभिजन वन कार्यालयले बाघ विचरण गर्ने सम्भावित स्थानहरूमा स्वचालित क्यामेरा जडान गरेपनि तस्बिर भने कैद हुन नसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved