काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३७० जनाको पीसीआर परीक्षणमा ४१ र ९३६ जनाको एन्टिजेन परीक्षणमा ४० जना गरी ८१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हाल ३७० जना सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ३ जना र भन्टिलेटरमा १ जना उपचाररत छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved