काठममाडौं । सर्वोच्च अदालतले चैत २२ गते सम्मकालागि देशभरका अदारलत बन्द गर्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सम्मिलित फुलकोर्टको आज बसेको बैठकले कोभिड १९ को संक्रमणको जाखिमलाई मध्यनजर गर्दै अदालत बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालतका सूचना अधिकारी देबेन्द्र ढकालले । यद्यपीयो समयमा बन्दीप्रत्यक्षीकरणका रिटमा भने सुनुवाई हुनेछन् ।
अदालतमा हुने भिडभाडले नेपालमा पनि कोरोनाको जोखम हुने भन्दै अदालत भन्द गर्ने निर्णय गरिएको ढकालको भनाइ छ। यसअघि नेपाल बार एसोसिएसन र सर्वोच्च बारले विज्ञप्तीनै निकालेर अदालतका सबै काम कारवाही स्थगित गर्न अपिल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved