जानकी नवमी अर्थात आदर्श नारीको प्रतीक माता जानकीको धरतीमा अवतरण

  • बैशाख १६, २०८०
  • कालापानी मिडिया
alt

जनकपुर । जानकी नवमी अर्थात आदर्श नारीको प्रतीक माता जानकीको धरतीमा अवतरण भएको दिन । मिथिलावासीकालागि जानकी नवमी एक विशेष तिथि हो ।

माता जानकीको जन्म वैशाख नवमीकै भएको थियो । त्रेता युगमा वैशाख नवमीका दिन मिथिलामा अनिकाल परेपछि मिथिला नरेश राजर्षि जनकले हलो जोत्दा सीताको जन्म भएको धार्मिक मान्यता रहेको छ । जानकी नवमीमा पूरै मिथिलाञ्चलमा विशेष हर्षोल्लास हुने गर्छ । विशेष उत्सवको माहौल हुने गर्छ । यसकालागि जानकी मन्दिरमा विशेष तयारी गरिएको छ ।

जानकी नवमीका दिन मिथिलामा ब्रत गर्ने परम्परा समेत रहेको छ । जानकी नवमी व्रत गर्नाले पुत्रलाभको ईच्छा पुरा हुने विश्वास गरिन्छ । माता सीतालाई लक्ष्मीको अवतारको रुपमा समेत मानिन्छ । माता सीताको ब्रत गर्नाले घर–घरमा सुख, समृद्धि र धनको बृद्धि समेत हुन्छ ।

त्रेता युगमा मिथिलामा वर्षोसम्म अनिकाल परेपछि राजा जनकले स्वयं हलो जोत्नुका साथै यज्ञको आयोजना गर्ने विचार गरे । यज्ञभूमि तयार पार्न राजर्षि जनकले हलो चलाउँदा त्यही भूमिबाट सीता प्रकट भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । माता जानकीको नाम सीता राख्नु पछाडीको कारण यसै संग जोडिएको छ । हलोको डोबलाई संस्कृतमा सीत भनिन्छ । त्यसैले राजा जनकले उनको नाम सीता राखे ।

रामायणको पात्र, घटनाक्रम र कथानकलाई लिएर कयौ ग्रन्थको रचना भएको छ । रामायणको कतिपय पक्षहरुको शोध तथा अनुसन्धान हुनु अझै आवश्यक रहेको छ । यस विषयमा माता सीता र रावण बीचको सम्बन्ध पनि अनुसन्धानको पाटो भित्र पर्छ । केही विद्वानले सीता र रावणबीच बुुवा र छोरीको सम्बन्ध रहेको भनेपछि यस विषयमा निकै शोध भइरहेको छ । हुनतः रामायणको सबै भन्दा प्रमाणिक ग्रन्थ वाल्मीकि रामायणमा यो प्रसंगबारे त्यस्तो कुनै उल्लेख देखिदँैन । बाल्मीकि रामायणमा जनकजीले सीताको उत्पतिको विषयमा यस प्रकार भनेका छन् ।
अथमे कृषतः क्षेत्रं लांगला दुत्यिता ततः ।

क्षेत्रं शोधयता लब्धा नाम्ना सीतोति विश्रुता ।।
भूत कादुत्थिता सा तु व्यवद्र्धत भमात्भजा ।
दीर्ययुक्लोति मे कन्या स्थापितेय भयोनिजा ।।

रामको जीवनमा आधारित रहेर करीब २ सय भन्दा बढी रामायण लेखिएको छ । कति ग्रन्थका विद्वान सीता र रावणबीचको सम्बन्धलाई प्रमाणिक पनि मान्छन् । यस्तै एउटा रामायण जसको नाउँ अद्वेत रामायण रहेको छ । भनिन्छ यो रामायण १४ औं शताब्दीमा लेखिएको छ । यो मुलतः कथानक नभएर दुई प्रमुख ऋषि वाल्मीकि र भारद्वाज ऋषि बीच वार्तालाप रहेको छ ।

यो रामायणमा सीताको जन्म मन्दोदरीको गर्भबाट भएको उल्लेख रहेको छ । यस रामायणमा पूरै घटनाक्रमलाई उल्लेख गरिएको छ । जसमा रावणले एक ठाउँमा भनेका छन् धोखामा पनि आफ्नै छोरीलाई स्वीकार गरियो भने मेरो नाश हुन्छ ।

अद्भूत रामायणमा कथा आउँछ कि एक पटक दण्डकारण्यमा गृत्स्मद नामका ब्राह्मण लक्ष्मीलाई आफ्नो पुत्रीको रुपमा पाउनका लागि एक दिन कलशमा कुशको एउटा भागलाई मन्त्रोचारणका साथ दुध राखे । एक दिन उनको अनुपस्थितिमा रावण घर पुगे र ऋषि मुनीको रगत त्यसै कलशमा राखेर लंका लगे । कलशमा विष रहेकोले यसलाई संरक्षण गर्न मन्दोदरीलाई भनेर जिम्मा लगाएका थिए । यसपछि रावण विहार गर्न सह्द्री पर्वतमा गए । रावणको उपेक्षाबाट दुःखी भएर मन्दोदरी आत्महत्याको अभिप्रायले त्यो कलशमा भरिएको रगत खाई हालिन् । पछि मन्दोदरी गर्भवती भईन् ।

अशुभ परिणाम हुने डरले रावण उनको भ्रुण निकालेर मिथिला भूमिमा गारे र पछि त्यहि भ्रूण परिपक्व भएर प्रकट भयो जो हलो चलाउँदा राजा जनकलाई प्राप्त भएको प्रसंग रामायणमा उल्लेख रहेको छ । आदर्श नारी सीताको जनकपुर सँगको सम्बन्ध जन्मकाल देखीनै रहेको छ । राजा जनकले हलो जोत्दा जनकपुर नजिकै सीता प्रकट भएकी थिइन् । त्यसैकारणले होला जानकी नवमीमा भक्तजनहरु जनकपुर आउने गर्छन् । यहाँ आउने श्रद्धालुहरु जानकीको निष्ठापूर्वक पूजा अराधना गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved