खुल्यो साढे ९ किलो सुनको रहस्य

  • जेठ ३, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोट ई–सिग्रेट भित्र राखेर सुन तस्करी हुने गरेको भेटिएको छ ।

भन्सार चेकजाँचका क्रममा विद्युतीय चुरोट ९भेप्स० समातिएपछि छुटाउन प्रयास गर्दा झण्डै ९ किलो बराबरको सुन आएको भेटिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले भेप्सको नाममा आएको सुन छुटाउन सहयोग गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा रवन्त खड्कासहित ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार भेप्सभित्र आएको सुन नासु खड्काले विचौलियासँग मिलेर साटफेर गरेर न्यूरोडमा विक्री गरेका थिए । पक्राउ परेका अरु मध्ये एक जना सुन विक्री गर्न जाने विचौलिया हुन् भने दुई जना सुन खरिद गर्ने र गाल्ने व्यक्ति हुन् । प्रकरणमा थप केही व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।

ब्यूरोका एक जना प्रहरी अधिकृतका अनुसार १० पुस २०७९ मा चीनबाट आएको भेप्स नियमित चेकजाँचका क्रममा बिहान ९स्१० बजे बरामद भएको थियो । ७३ प्याकेटमा भएको ७ सय ३० पिस भेप्स भन्सार कार्यालयले बरामद गरेको थियो ।

स्रोतका अनुसार विमानस्थल भन्सारका प्रमुख प्रशासक सह(सचिव अरुण पोखरेललगायतलाई भेटेर पटक(पटक भेप्सबारे जिज्ञासा राखेपछि अधिकारीहरुलाई शंका लागेको थियो ।त्यसक्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । हालसम्म प्रहरीले तस्करी भएको सुन भने बरामद गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved