शिक्षक सरुवा गरेको बिषय लिएर बिद्यार्थी र प्रहरीबिच झडपः एक प्रहरी र चार बिद्यार्थी घाइते

  • जेठ ८, २०८०
  • कालापानी मिडिया
alt

बारा  । बाराको सुवर्ण गाउँपालिकामा शिक्षक सरुवा गरेको बिषय लिएर बिद्यार्थी र प्रहरी बिच झडप हुँदा एक जना प्रहरी जवान र चार जना बिद्यार्थी घाइते भएका छन । भने पालिकाको एक करोड भन्दा बढीको सम्पत्ति नस्ट भएकोछ।

सुवर्ण गाउँपालिका वडा नं ४ हर्दियामा श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालयका प्रधानाध्यापक रामएकबाल साहलाई जेष्ठ ३ गते सुवर्ण गाउँपालिका वडा नं ७ नेपाल राष्ट्रिय माध्यमिक बिधालय देवापुरमा शिक्षा शाखाले सरुवा गरेपछि नेपाल राष्ट्रिय माध्यमिक बिधालय हर्दियाका आन्दोलित बिद्यार्थीले सुवर्ण गाउँपालिकाका कार्यालयका सर्बजनिक सम्पत्तिलाई तोडफोड गरिरहेको अवस्थालाई प्रहरीले नियन्त्रण गर्न खोज्दा प्रहरी र आन्दोलित बिद्यार्थी बिच झडप भएको थियो ।

झडपमा एक जना प्रहरी जवान र चार जना बिद्यार्थी घाइते भएको हो ।मधेस प्रदेश सभा सदस्य बच्चा यादवले सुवर्ण गाउँपालिका वडा नं ४ हर्दियामा श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालयका प्रधानाध्यापक रामएकबालले बिधालयलाई राम्रो ब्यवस्थापन गरेर पठन पाठन गरिरहेपनि साहलाई सरुवा गर्न खोजेपछि बिद्यार्थीले आन्दोलन गरेको मधेस प्रदेश सभा सदस्य बच्चा यादवले बताए । बाइट १ मधेस प्रदेश सभा सदस्य

बिपक्षीले स्थानीय तहको निर्वाचनमा पराजित भएपछि पालिकामा बिकास निर्माण अवरोध गर्ने नियतले विभिन्न बिषय लिएर विवाद गर्दै आएका छन विपक्षीले सरुवाको बिषय लिएर बिद्यार्थीलाई परिचालन गरेर गाउँपालिका कार्यालयमा तोडफोड गराएको सुवर्ण गाउँपालिका अध्यक्ष राजेश यादवले बताए। उनका अनुसार नेपाल राष्ट्रिय माध्यमिक बिधालय देवापुरलाई सुधारण र ब्यवस्थापन गर्न प्रधानाध्यापक रामएकबाल साहलाई सरुवा गरेको अध्यक्ष यादवले बताए ।

अध्यक्षको कार्यकक्ष उपाध्यक्षको कार्यक्षक , आइटी फाट र दर्ता चलानी कार्यकक्षमा तोडफोड बिपक्षीले गराएकोछ ।गाउँपलिका नजिक राखिएका ६ वटा मोटरसाइकल एलसीडी , कुर्सी , सिसि टीभी केमरा , सोफा सेट , पंखा , जेसी बी लगाएतका अन्य सम्पत्तिमा तोडफोड गरेर करिब एक करोडको सम्पत्ति नस्ट भएको गाउँपालिका अध्यक्ष यादवले बताए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved