काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
शुक्रबार साँझ ५ः३० बजे प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।
कोरोना भाईरस (कोभिड-१९) को प्रकोपलाई मध्यनजर गर्दै सरकारले आवश्यक तयारी गरिहको बेला प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्ने लागेका हुन् ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले २५ जनाभन्दा धेरै भेला नहुन, शिक्षण संस्था बन्द गर्ने, अन्तराष्ट्र्रिय आवातजावात बन्द गर्ने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved