सरकार भन्छ संका लागे अस्पताल जानुस तर, अस्पतालले भर्ना लिदैन

कोरोनाको संक्रामण हो होइन भनेर अस्पताल भर्ना हुन पनि मन्त्रीले दवाव दिनुपर्ने

  • चैत्र ७, २०७६
  • कालापानी मिडिया
alt

भिम भूषाल, बुटवल । सरकारले कोरोना भाइरसबाट बच्न सभा सम्मेलन नगर्ने मात्रै भनेको छैन, शैक्षिक संस्था, अदालत, बन्द गर्ने, मठ मन्दीरमा भीडभाड हुन नदिने , बिशेष काम बाहेक बाहिर ननिस्कने जस्ता नियमहरु लागु गर्दै आइरहेको छ । घरमै बस्दापनि साबधानी अपनाउन र कोरोनाको जस्तो लक्षणहरु देखिने बित्तिक्कै जाँच गराउन सुचना नै जारी गरेको छ । जनतालाई नआत्तिन आग्रह गर्दै नाकाहरुमा कडाइ गरेको छ । ६६ देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ । ठाउँ ठाउँमा क्वारेन्टाइनस्थल र आइसोलेसन वार्डहरु बनाइरहेको छ । तर, नवलपरासी रामग्रामका २४ वर्षका एक व्यक्ति जो उच्च ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल पुग्छन् तिन्लाई भने अस्पतालले कहिले यता कहिले उता भन्दा भर्ना लिन समेत नमानेको पिडितका आफन्तको भनाई छ । कोरोना भाइरस संग मिल्दोजुल्दो लक्षण देखिएपछि विरामी भर्ना लिन अस्पतालले आनाकानी गर्ने गरेको विरामीका आफन्तको गुनासो छ ।

aafant
पश्चिम नवलपरासीको रामग्रामका एक युवकलाई अहिले सम्म उनलाई के भएको हो भन्ने थाहा हुन सकेको छैन् । चैत्र ४ गते विरामी भएर पृथ्वी चन्द्र अस्पताल परासीमा पुगेका २५ वर्षिय दिनेश चौधरीको एक्सरे गरेर हेर्दा छातीमा दुवैतिर निमोनियाको दाग देखियो । तर, त्यहाँ बिराम केहो भन्ने पत्ता नलागे पछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल लगियो । तर, आइसोलेटेड बेडमा राखेर स्वाब टेष्ट गर्नुको साटो उनलाई त्यहाँबाट चितवन रिफर गरियो ।

prithibi

चौधरीका आफन्तले उनलाई चितवन भरतपुरको पुरानो मेडिकल कलेजमा लगे । चितवनमा उनको स्क्रब टाइफस, डेंगु र रगत जाँच गरियो र कोरोना भाइरसको संक्रमण हुन सक्ने आशंकामा काठमाडौं रिफर गरियो । काठमाडौंमा उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल लैजान भनियो तर टेकुको साटो कलंकीस्थित नेपाल नेशनल अस्पतालमा , सितापाइलाका नीजि अस्पतालमा लगियो । तर उनलाई त्यँहा सम्म पुग्दा पनि अस्पतालहरुले भर्ना लिन नमानेको विरामिका आफन्तले गुनासो गरेका छन् ।icules

 

काडमाडौं सम्म पुग्दा समेत भर्ना हुन नसकेपछि चौधरीलई फेरी मणिग्रामस्थित क्रिमसन अस्पताल, प्रोदेशिक अस्पताल, देव दह, पृथ्वी चन्द्र सम्म पु¥याइयो । तर त्यहा कतै बेड अभाव त कतै औषधि अभाव भन्दै भर्ना दिन नमानेपछि उनि अलपत्र परे । गाउँमा बिरामी अलपत्र परेको समाचार सार्वजनिक हुदै प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोखरेरलले सुनेपछि उनको आग्रहमा भने लुम्विनी प्रादेशिक अस्पताल वुटवलले यतिवेला भर्ना लिएको छ । आज भने उनमा कोरोना भाइरसको संक्रमण भए नभएको पत्ता लगाउन स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाउने तयारी भइरहेको ट । र अहिले उनको बुटवलमै उपचार भैरहेको छ । बिरामी चैधरीको काठमाडौंमा नमुना टेष्ट भैइ रिर्पोट नआउँदा सम्म उनलाई कोरोना हो वा होइन भन्ने पुष्टी हुन सकेको छैन ।

dr p
उता, सुरुमा बिरामी भएर भर्ना हुन लगेको पृथ्वीचन्द्र अस्पताल परासीमा आईलोसन वार्डका नाममा बेडहरु मात्रै रहेको तर कुनै पनि सुरक्षाका सामाग्री नभएकाले भर्ना गर्न नसकिएको अस्पतालका चिकित्सक डा. पवन अग्रहरीले वताए । उनले भने यहाँ राखेर उपचार गर्न आवस्यक सामाग्री नभएपछि बुटवल रिफर गरिएको हो ।,

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved