काठमाडौं । सरकारले गाँजाखेतिको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।
सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमार्फत बताएका हुन् ।
औषधि प्रयोजनका लागि गाँजा खेतिको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्रीले बताए ।
उनले सो घोषणा गर्दा सांसदहरुले ताली बजाएका थिए ।
प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष भने एक अर्कालाई हेरेर मुसुमुसु हाँसेका थिए । कृषिमन्त्री बेदुराम भुसाल पनि दंग परेर हाँसे भने उनीहरु हाँसेपछि अर्थमन्त्री पनि हाँसे ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved