गोकुलेश्वरमा सोझै गेटाका डाक्टरसँग जोडिने प्रविधिसहितको आँखा उपचार केन्द्र स्थापना

  • असार २, २०८०
  • कालापानी मिडिया
alt

महेन्द्रनगर । दार्चुलाको गोकुलेश्वरमा आँखा उपचार केन्द्र स्थापना भएको छ ।

नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालद्वारा शैल्यशिखर नगरपालिकासितको सहकार्य तथा सेभा फाउण्डेशनको सहयोगमा सो केन्द्र स्थापना गरिएको गेटा आँखा अस्पतालले जनाएको छ ।

अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टका अनुसार केन्द्रबाट दार्चुलाको शैल्यशिखर नगरपालिका, लेकम, मार्मा र नौगाड गाउँपालिका तथा बैतडीको डिलाशैनी गाँउपालिकाका आँखा रोगीहरुलाई नियमित आँखा उपचार सेवा उपलब्ध हुने छ ।

शुक्रबारदेखि सेवा प्रवाह सुरु गरेको उक्त उपचार केन्द्रमा अत्याधुनिक उपकरणहरुको प्रयोग गरी आँखा परीक्षण, औषधि उपचार र चश्मा उपलब्ध गराउनको साथै सामान्य शल्यक्रिया सेवा र समुदायमा आँखा उपचार तथा जनचेतना जगाउने कार्यक्रम समेत सञ्चालन गरिने भट्टले बताए ।

आँखाको जटिल समस्या भएका बिरामीहरुलाई आँखा परीक्षण गरिने उपकरणमा नै जडित क्यामराको मदतले टेलिमेडिसिनको प्रयोग गरी गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट आँखा परीक्षण र आवश्यक परामर्श दिने प्रविधिसमेत जडान गरिएको बताइएको छ ।

गेटा आँखा अस्पतालबाट प्रदान भईरहेको सेवामा बिभिन्न कारणबाट पहुँच हुन नपाई आँखा उपचार सेवाबाट बन्चित उक्त क्षेत्रका आँखाका रोगीहरु उपचार केन्द्रबाट लाभान्वित हुने गेटा आँखा अस्पतालद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved