नेपालको गोलभेँडा दुई रूपैयाँमा बिकेन, भारतीय गोलभेँडालाई ४५ रूपैयाँः मूल्य नपाएपछि सडकमा नै फालियो

  • असार ३, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । स्वदेशी उत्पादनले बजार र बजार भाउ नै नपाएको भन्दै किसानले आज विरोधस्वरूप सडकमा गोलभेँडा फालेका छन् ।

स्वदेशी उत्पादन प्रतिकिलो ८ रूपैयाँ थोक मूल्य हुँदा पनि बिक्री नभएको भन्दै उपत्यकाका किसानले सडकमै गोलभेँडा फालेर विरोध जनाएका हुन् ।

बजार भाउ नपाएको विरोधमा र सरकारलाई सचेत गराउन आज कालिमाटी फलफूल तथा तरकारी बजारमा सडकमा गोलभेँडा फालेर विरोध किसानहरुको भनाई छ ।

अर्गानिक युवक किसान सङ्घको सचिवसमेत रहेका फुयालले काठमाडौँ उपत्यकामा ३५ सय रोपानी क्षेत्रफलमा गोलभेँडा खेती भइरहेको छ।

तर देशको सबैभन्दा ठुलो र मुख्य तरकारी बजार कालिमाटीमै गोलभेँडाको थोक मूल्य ८ रूपैयाँ प्रतिकिलो छ । यसको न्यूनतम मूल्य प्रतिकिलो ६ रूपैयाँ र अधिकतम मूल्य १० रूपैयाँ कायम रहेको बजार विकास समितिले जनाएको छ । समितिको वेबसाइटमा राखिएको तरकारीको मूल्यसूचीमध्ये सबैभन्दा सस्तो नै स्वदेशी गोलभेँडाको मूल्य देख्न सकिन्छ ।

यसको अर्थ देशको सबैभन्दा ठुलो तरकारी बजारमा बिक्ने कैयौँ तरकारीमध्ये स्वदेशी गोलभेँडा सबैभन्दा सस्तो छ । कालिमाटीमा हाल दुई प्रकारका गोलभेँडा बिक्रीवितरण हुँदै आएको छ । त्यहाँ ठुलो गोलभेँडा भारतीय र सानो गोलभेँडा ९टनेल नेपाली० गरी दुई प्रकारको गोलभेँडा बिक्री भइरहेको हो ।

कालिमाटीलगायत देशका सम्पूर्ण स्थानमा स्वदेशी गोलभेँडाले न्यून मूल्यमा समेत बजार नपाइरहेको अवस्थामा भारतीय गोलभेँडा भने प्रतिकिलो ४५ रूपैयाँमा बिक्री भइरहेको छ ।

तीन महिनाको अवधिमा उपत्यकाको उत्पादनले नै सम्पूर्ण देशको माग धान्न सक्ने उत्पादकहरूको भनाइ छ । आर्गानिक युवक किसान सङ्घका अनुसार हाल उपत्यकाका गोलभेँडा काठमाडौँ र पोखराबाहेक अन्यत्र बिक्री भइरहेको छैन । काठमाडौँको पनि थोरै हिस्सा मात्रै स्वदेशी गोलभेँडाले ओगटेको छ । कालिमाटी बजार विकास समितिले नै भारतीय गोलभेँडालाई प्राथमिकतामा राख्ने गरेको किसानहरूको आरोप छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved