पशुपतिनाथ मन्दिरको सुनको जलहरी जोख्नका लागि निकालियो

  • असार १०, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरको सुनको जलहरी जोख्नका लागि निकालेको छ ।

अख्तियारको टोलीले आइतवार बेलुकी पशुपतिनाथ मन्दिरको जलहरी बाहिर निकालेर जोख्न थालेको हो । मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा राखी जोख्ने काम भइरहेको छ । झन्डै एक क्विन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्रा–टुक्रा पारेरमात्रै निकाल्न सकिन्छ ।

नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायीरूपमा सीसीटीभी क्यामरा जडान गरेको छ भने काठमाण्डौ महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली, पशुपति क्षेत्र विकास कोष र पुजारीहरूलाई स्थलमा राखिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथमा राखिएको १०८ किलोको सुनको जलहरीमा तौल र गुणस्तरको विषयमा अख्तियारमा उजुरी परेको थियो । ११ किलो कम सुन राखिएको भन्दै महालेखा परीक्षकको कार्यालयले पनि अनियमितताको शङ्का गरेको थियो ।

सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट एक सय तीन किलो सात सय ७३ ग्राम सुन ८० करोड रुपैयाँभन्दा धेरैमा किनेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved