काठमाडौं महानगर स्वर्णिम योजना अन्तर्गतक २ अर्ब रकम विनियोजन

  • असार १०, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । देशकै सर्वाधिक आर्थिक अवस्था सबल भएको जनप्रतिनिधिमूलक संस्था काठमाडौं महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट सार्वजनिक गरको छ । महानगर गौरबका १० योजनाका लागि ३ अर्ब ८० करोड र महानगर स्वर्णिम योजना अन्तर्गतक २५ विषयगत क्षेत्रका योजनाका लागि २ अर्ब रकम महानगरले विनियोजन गरेको छ । यस अतिरिक्त संघीय बजेट जस्तै नारा प्रभावित थुप्रै कार्यक्रम सार्वजनिक भएका छन् ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा शिक्षा क्षेत्रमा सर्वाधिक १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रकम विनियोजन गरेको छ । यो बजेट यहाँका सामुदायिक विद्यालयको पूर्वाधार विकास र शैक्षिक गुणस्तर सुधार, विद्यार्थीमा प्राविधिक ज्ञान र सीपको प्रवद्र्धनमा खर्च गरिने छ । उक्त योजना अन्तर्गत विभिन्न कार्यक्रमम सञ्चालन गर्न महानगरले ५० करोड रकम विनियोजन गरेको छ । यस्तै, विद्यालय हाता हराभरा र सुन्दर बनाउन महानगरले बजेट विनियोजन गरेको छ ।

महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुको तबल मासिक रुपमा भुक्तानी गर्न ३० करोडको छुट्टै सोधभर्ना कोष व्यवस्था गरेको छ भने प्रधानाध्यापकका लागि प्रोत्साहन भत्ता बढाएको छ ।

स्वास्थ्य क्षेत्रमा ९२ करोड ६६ लाख छुट्याएको महानगरले आफ्नो कार्यक्षेत्रमा शहरी स्वास्थ्य क्लिनिकको स्तरोन्नतिसहित नागरिकलार्य सरल र सुलभ स्वास्थ्य सेवा उपलबध गराउने लक्ष्य राखेको छ । यस्तै, सहुलियत मूल्यमा औषधी उपलब्ध गराउन स्वर्णिम योजना अघि बढाइएको छ । बालबालिकाको स्वास्थ्य उपचारको लागि सरकारी, सामुदायिक वा निजि अस्पतालसँग सहकार्य गरी महानगरले एक निर्दिष्ट नगर अस्पताल सञ्चालन गर्ने योजनाअनुसार १० करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै, धुलो रहित काठमाडौ योजनालाई निरन्तरता दिइएको छ भने सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन पूर्वाधार एम्बुलेन्सलाई प्रधावकारी रुपमा सञ्चालन गर्न २५ करोड छुट्याइएको छ । सुन्दर महानगर योजना अन्तर्गतका महानगर क्षेत्रभित्रका सडक, रेलिङ, वाल, कार्यालय परिरसर, पार्क क्षेत्रलाई सुन्दर बनाउन रकम विनियोजन गरेको छ ।

यस्तै, महानगरभित्रका सम्पदाको पुनःनिर्माण एवं संरक्षणको लागि संस्कृति, सम्पदा तथा पर्यटन, महानगरको धनक कार्यक्रम सञ्चालन गर्ने भएको छ । साईकल लेनको सम्भाव्यता अध्ययनको लागि आवश्यक बजेट विनियोन गरेको छ ।

महानगरबाट प्रदान गरिने सबै सेवालाई अनलाईन प्रणालीमार्फत गर्ने र गराउनेको लागि सुशासनको लागि अनलाईन सेवा योजना महानगरले अघि सारेको छ । यस्तै, महानगरले महानगर टेलिभिजन स्थापनाको लागि ५ करोड रकम विनियोजन गरेको छ ।

रोजगारी वृद्धिका लागि बेरोजगार र रोजगारदाताबीच जब लिङ्क एप प्रयोगमा ल्याइने छ । यस्तै, एक टोल, एक खेलकुद कार्यक्रम सञ्चालनमा ल्याउन १० करोड ५० लाख रकम विनियोजन गरिएको छ । संकटग्रस्त सहकारी व्यवस्थापनको लागि संस्थागत संयन्त्र निमार्ण गर्ने, स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई समेत ब्राण्डिङ गर्ने विषय बजेटमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved