कैलाली कारागारभित्रै ‘ड्रक्स र दारु पाटी’, कारोबारीलाई जेलरको संरक्षण

  • असार १२, २०८०
  • कालापानी मिडिया
alt

धनगढी । कारागारलाई सुधार केन्द्रको रूपमा स्थापित गर्नुपर्ने बहस चलिरहेको छ । तर, पछिल्लो समय कारागार सुधार केन्द्र नभए बिगार केन्द्रले चिनिन बन्दै गएका छन् । त्यस मध्येको एक हो– कैलाली कारागार ।

पछिल्लो समय कैलाली कारागार लागुऔषध प्रयोग र झैझगडाको अखडा बनेको छ । कारागारभित्र नेतृत्व हत्याउन कैदीबन्दी र जेलरबिच निकै सौदाबाजी चलिरहेको छ । कारागारको नेतृत्व हत्याउनका लागि कैदिबन्दीबिच शक्ति संघर्ष हुने गरेकाले पनि जेलभित्र दैनिक लागुऔषध ओसार र झैझगडा हुने गरेको स्रोतको दाबी छ । शक्तिका आधारमा जेलरले मोटो रकम लिएर कैदीबन्दीको आन्तरिक व्यवस्थापन गर्ने गरेको खुलासा भएको छ ।

हरेक वर्ष साउनमा हुने आन्तरिक नेतृत्व छनोटका लागि कैदीबन्दीका समूहबिच शक्ति प्रदर्शन ९लडाई, झगडा० हुने गरेको छ । कैदीबन्दीबिच हुने शक्ति संघर्षका आधारमा जेलरले कैदीबन्दीहरूबाट मोटो रकम लिएर आन्तरिक व्यवस्थापन गर्न नाइके, भाइ–नाइके, शिक्षक नाइके, चौकीदार तथा बैदार लगायतको जिम्मेवारी बाँडफाँड गर्ने गरेका छन् ।
साउनमा नेतृत्वमा आउन र कारागारभित्र अवैध कामलाई निरन्तरता दिन कैदीबन्दीहरू र कारागार प्रशासनबिच संघर्ष हुने गरेको छ ।

लाखौँ कमाउने योजनामा जेलर तिमिल्सेना

कैलाली जिल्ला कारागारका वर्तमान जेलर पदमराज तिमिल्सेना गत वैशाख १० गते कार्यालयमा हाजिर भए । त्योभन्दा अगाडि नायव सुब्बा लालाबहादुर बोगटी निमित्त जेलर थिए । मोटो रकम कमाउने योजना बनाएर कैलाली कारागार रोजेका जेलर तिमिल्सेना हाजिर भए लगत्तै कारागारको व्यवस्थापन फितलो बन्दै गयो ।

जसका कारण कारागारभित्र अराजक र अवैध कामले प्रशय पाएको छ । कैदीबन्दीसँग कारागार प्रशासन र प्रहरीले अस्वाभाविक सम्बन्ध विस्तार गरेका कारण कैलाली कारागारभित्र लागुऔषध र रक्सी सेवनदेखि जुवा तास खेलाउने तथा अवैध असुलीका गतिविधि बढेको छ ।

जेलर तिमिल्सेना जिल्ला बाहिर जाँदा आफूहरूबाट हवाई भाडा बापत रकम माग्ने गरेको एक कैदीले नाम नबताउने सर्तमा बताए । उनले भने, ‘जेलर तिमिल्सेनाले तिमिहरूलाई सहयोग गर्न र सहजताका लागि यहाँ आएको र तिमिहरूले मलाई हेरे म पनि सहयोग गर्छु’ भन्दै आएका छन् । जेलर तिमिल्सेनाले पटक पटक आफूबाट ५–१० हजारसम्म महिनावारी रकम माग्ने गरेको उनले दुखेसो पोखे । उनले भने, ‘रकम नदिए तिम्रो कर्णाली पारी सरुवा गरिदिन्छु भन्दै धम्काउँदै आएका थिए ।’

साउनमा हुने आन्तरिक नेतृत्व छनोटका लागि जेलर तिमिल्सेनाले कैदीबन्दीहरूलाई जसले मोटो रकम दिन्छ, उसलाई छनोट गर्ने बताउँदै आएको बताइएको छ । उनले आफू साउन महिनासम्म मात्र कैलाली कारागारमा बस्ने र त्यसपछि सरुवा भएर जाने बताउँदै जानु अगाडि कारागारको आन्तरिक व्यवस्थापन गर्न नाइके, भाइ–नाइके, शिक्षक नाइके, चौकीदार तथा बैदार छनोट गरेर जाने बताउँदै आएका छन् । त्यसका लागि उनले कैदीबन्दीलाई मोटो रकम माग गरेका छन् ।

जेलभित्रै ‘ड्रक्स र दारु पाटी’

प्रशासनको फितलो व्यवस्थापनले कैलाली कारागारभित्र दैनिक मदिरा पाटीदेखि लागुऔषध कारोबार हुने गरेको रहस्य खुलेको छ । जेलर ९कारागार प्रमुख० पदमराज तिमिल्सेनाको सेटिङ ९मिलेमतो०मा कारागारभित्रै अनेकौँ धन्दा हुने गरेको स्रोतले खुलासा गरेको हो ।

स्रोतकाअनुसार कारागारभित्रका नाइके, भाइ–नाइके, चौकीदार तथा बैदारको मिलेमतोमा कारागारभित्रै लागुऔषध कारोबारदेखि मदिराको कारोबार र गुण्डागर्दी हुने गरेको छ । जसको परिणामस्वरूप जेठ २२ गते कैदी र थुनुवाबिच कुटाकुट भयो ।

२२ गते राति करिब ११ बजे दुई समूहबिच कुटाकुट हुँदा दुई जना घाइते भए । तर कारागारको सुरक्षा प्रशासनले भने कुटाकुट भएको थाहा पाएन । उक्त कुटाकुट भएको विषय २३ गते बिहान मात्र थाहा पाएको कारागार प्रशासनका कर्मचारी लालबहादुर बोगटीले बताए ।

कारागारको सुरक्षाका लागि खटिएको प्रशासनकै गैर जिम्मेवार भनाइले कैदीबन्दीको मिलेमतो प्रशासनसँग छ भन्ने शङ्कालाई थप बल पुर्‍याउँछ । जेठ २२ गते कैलालीको बडुवाल हत्याकाण्डका आरोपितहरूको समूहले कुटपिट गर्दा कैदीबन्दी खकेन्द्र बम, सन्तोषजंग शाही घाइते भए । अहिले उनीहरूको अन्यत्रै सरुवा भएको छ । कारागारभित्र कुटाकुट भएपछि ८ जना थुनुवा र १६ जना कैदीबन्दी गरी २४ जनाको सरुवा भएको छ ।

जेलभित्रै ड्रक्स कारोबार र सेवन भइरहेको जेलर तिमिल्सेनाले पनि स्वीकार गरेका छन् । तर, आफू गएपछि भन्दा पनि अगाडिदेखि नै चलिरहेको उनले बताएका छन् ।

जेलर तिमिल्सेनाले भने– ‘जेलभित्रै ड्रक्स र मदिरा सेवन भइरहेको पाइएको छ । म आउनु अगाडिदेखि नै यस्तो भइरहेको रहेछ । तर, म आएपछि भित्र र बाहिरको चेन टुटेको छ । स्टकमै रहेका ड्रक्स सेवन र कारोबार भइरहेको बुझिएको छ ।’

जेलर तिमिल्सेनाले यसमा आफ्नो संलग्नता वा सहजताका लागि वातावरण बनाएको आरोप भने अस्वीकार गरेका छन् । उनले भने– ‘म आएपछि पुरानो चेन टुटेको छ । त्यसैले मलाई कमजोर बनाउनका लागि जेलरले सहयोग गरिरहेको भन्ने हल्ला चलाइएको हो । यसमा मेरो कुनै संलग्नता छैन ।’

कैलाली कारागार अवैध धन्दाको अखडा

कैलाली कारागारलाई अवैध धन्दाको अखडा बनाउने काम कारागार प्रशासनले गरेको पाइएको छ । कारागारभित्र खानेपानीको बोतल, कोक तथा अन्य चिसो पेय पदार्थको बोतलमा रक्सी भरेर छिराउने गिरोह सक्रिय रहेको छ ।

यस्तै, घरबाट पकाएर लगेको खसीको मासुको हड्डीभित्र ब्राउन सुगर लग्ने, मोबाइल लैजाने, जुवा तास खेलाउने र बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म चौकीदारहरूलाई बाहिर घुमफिर गर्न दिने जस्ता कार्य हुने गरेको छ ।

यसै क्रममा आइतबार खैरो हिरोइनसहित छोरा भेट्न कारागार पुगेकी आमा पक्राउ परेकी छन् । कैलाली कारागारमा रहेको छोरालाई लागुऔषध पुर्‍याउने धनगढी उपमहानगरपालिका–३ मिलनचोक बस्ने ५० वर्षीया कमलादेवी अवस्थी पक्राउ परेकी हुन् ।

उनलाई पाँच ग्राम ४० मिलिग्राम खेरै हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अवस्थीले छोराका लागि लगेको सामान चेकजाँच गर्ने क्रममा बिस्कुटभित्र लुकाएको अवस्थामा लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक खगेन्द्र साउदले बताए ।

प्रहरीका अनुसार उनका छोरा २१ वर्षीय प्रकाश लागुऔषधसम्बन्धी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका छन् । पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी निरीक्षक साउदले जानकारी दिए ।

कारागारभित्र छोरा भेट्न गएकी महिलाले छोराको लागि भनेर खैरो हिरोइन लगेर जाने कुरालाई कसरी हेर्ने रु यसबाट पनि यो पुष्टि हुन्छकी कारागार प्रशासनकै मिलेमतोमा ती महिलाले खैरो हिरोइन लगेर छोरा भेट्न गएको ।

कैलाली कारागारमा हुने गरेको अवैध कामलाई निरन्तरता दिन र साउनमा कारागारभित्र नेतृत्वमा आउन कैदी बन्दीहरूका बिच बैशाखदेखि यता पटक पटक झडपका घटना भएका छन् । १५० जना कैदीबन्दी राख्ने क्षमता भएको कैलाली कारागारमा हाल ६५६ जना बन्दी छन् । १९९७ सालमा निर्माण भएको कैलाली कारागारको जीर्ण भवनमा क्षमताभन्दा निकै बढी बन्दी राखिएको छ ।
साभार- दृष्टिन्युज

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved