ड्युटी गइरहेकी धनगढीकी पत्रकार शाहीको दुर्घटना, उपचारमा आर्थिक समस्या

  • असार १३, २०८०
  • कालापानी मिडिया
alt

नगढीकी पत्रकार बिना शाही अहिले अस्पतालको बेडमा सिकिस्त छिन्।

धनगढीस्थित सुदूरपश्चिमान्चल एकेडेमी (एसपीए) कलेजमा अध्ययन गर्दै पत्रकारिता गरिरहेकी शाही सडक दुर्घटनामा परेपछि अस्पतालको शैय्यामा पुगेकी हुन्। हिजो (मंगलबार) धनगढीस्थित चटकपुर क्षेत्रमा कार्यालय जाने क्रममा उनको स्कुटर दुर्घटना भएको थियो। उनी धनगढीबाट अत्तरिया टिभी टुडेको कार्यालय जान लागेकी थिइन्।

कार्यालय जाने क्रममै उनको स्कुटर ठोक्किएर दुर्घटना भएपछि खुट्टामा चोट लागेको छ। उनलाई दुर्घटनापछि धनगढीकै स्वस्तिक अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले उनको देब्रे खुट्टा भाँचिएको भन्दै हिजै पहिलो चरणको शल्यक्रियासमेत गरेको छ। अस्पतालले उनलाई कम्तीमा १ हप्ता अस्पतालमै राखेर थप अप्रेसन गर्नुपर्ने बताएको छ। त्यसका लागि महँगो खर्च लाग्ने भएपछि पत्रकारिता गरेर पढ्दै आएकी उनलाई थप समस्या भएको छ। त्यसैले उनको उपचारका लागि सहयोग गर्न अपील समेत गरिएको छ।

सहयोगका लागि ९८४४५८११८० मा सम्पर्क गर्न आग्रह गरिएको छ। उनको ग्लोबल आइएमई बैंंकमा रहेको खाता नम्बर 30607010014415 सार्वजनिक गरिएको छ। जहाँ इच्छुकले रकम सहयोग गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved