नारी शक्तिको जागरण गराउने भनी ठगी गर्ने धर्म गुरु पक्राउ

  • असार १३, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । नारी शक्तिको जागरण गराउने भन्दै पीडितहरुबाट करिब ५ करोड रुपैयाँ र १ सय तोलाभन्दा बढी सुन एवं सुनको गरगहना ठगी गरेको अभियोगमा दोलखा घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ गठ्ठाघर बस्ने ४८ वर्षीय शिवसुत गौरी भक्त भन्ने पुरुषोत्तम काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ ।

काफ्लेसमेतले काठमाडौंस्थित हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल नामक संस्था खोली पीडितहरुलाई रकम लगानी गर्न अभिप्रेरित गराउने, सेमिनार गरी संस्थाको सदस्य बनाउने, धैरै मुनाफाको प्रलोभन देखाउने र लगानीको सुनिश्चितता नगरी पटक(पटक थप लगानी गर्न दवाव दिने र नगरेमा परिबारको सदस्यलाई मारी दिने जस्ता धम्कि दिई ठगी गरेको भन्ने उजुरीको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई कञ्चनपुर गड्डाचौकीबाट पक्राउ गरेको हो ।

उनी उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ एक्सटर्सन सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौं बबरमहलबाट ७ दिन म्याद लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved