पाल्पाको भैरवस्थानमा महिला दर्शनार्थीमाथि यौनजन्य गतिविधिको आरोप लागेका मूल पुजारी निलम्बनमा

  • असार १४, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । महिला दर्शनार्थीमाथि यौनजन्य गतिविधिको आरोप लागेका पाल्पाको प्रसिद्ध भैरवनाथ मन्दिरका मूल पुजारी जीतनाथ योगी निलम्बनमा परेका छन् ।

मन्दिर व्यवस्थापन समितिले उनलाई निलम्बन गरेको हो ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पुजारी योगीले महिला दर्शनार्थीलाई अभद्र व्यवहार गरेको सार्वजनिक भएपछि समितिको आकस्मिक बैठकले जिम्मेबारीबाट हटाउने निर्णय गरेको समितिका अध्यक्ष गोविन्दबहादुर पोखरेलले बताए ।

समिति अध्यक्ष पोखरेल र सचिव दिलीप रायमाझीले जारी गरेको प्रेस विज्ञप्तिमा सत्यतथ्य छानबिन नहुँदासम्म मन्दिरमा बहन गर्दै आएको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जनाइएको छ ।

मन्दिरमा दैनिक ५ सयभन्दा बढी दर्शनार्थी भैरवनाथको पूजा गर्न पुग्छन् ।

रिब्दीकोट गाउँपालिका(४ भैरवस्थानमा अवस्थित यस मन्दिरका मूल पुजारी ७० वर्षीय योगीले दर्शनका लागि आउने महिलामाथि यौनजन्य दुव्यर्वहार गरेको आरोप लागेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved