दुर्घटनामा बालकको ज्यान गयो

  • चैत्र १०, २०७६
  • कालापानी मिडिया
alt

भिम भुषाल, नवलपुर । पूर्वपश्चिम मुख्यमार्ग अन्तर्गत कावासोतीको खरकट्टा जंगलमा दुईवटा स्कुटर ठक्कर खाँदा एक बालककोे ज्यान गएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.४४ प.४६२ नम्वरको स्कुटर र पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको लु.४८ प.११३० नम्वरको स्कुटर आज एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा परि कावासोती ३ अठ्ठाईस बिगाहाका अन्दाजी ६-८ बर्षका बालक जिवन तामाङको ज्यान गएको हो । भने स्कुटरमा सवार अठ्ठाईस बिगाहाकै बर्ष २५ का अमन तामाङ र १६ बर्षका अनुप तामाङ घाईते भएका छन् । उनीहरु ना.४४ प.४६२ नम्वरको सकुटरमा सवार थिए ।

90572841_264347057896657_1821093110193586176_n
त्यस्तै, अर्को लु.४८ प.११३० स्कुटरमा सवार हुप्सेकोट गा.पा.१ बेलुवा बस्ने बर्ष ३९ को ओम नारायण महत्तो र निजको छोरा बर्ष अन्दाजी १३ को समिर महत्तो पनि घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

90428164_884742818615787_2887237807061860352_n

घाईते बावुछोराको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका लागी पुर्याईएको प्रहरीले बताएको छ । मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाईते अमन र अनुपको एलाईफ अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ । घटनाको स्थलगत अनुसन्धानपछि प्रहरी अन्य अनुसन्धानमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved