काठमाडौं महानगरको अर्को एक्सनः ६८ वटा सहकारी संचालकलाई पक्राउ गर्न आदेश

  • असार २०, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौं महानगरपालिकाले ६८ वटा सहकारी संस्थाहरुले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै कानुनी कारबाहीको लागि प्रहरीलाई पत्र काटेको छ ।

महानगरले २०७२ सालदेखि २०८० असारसम्म गरेर करिब २ हजार ७०० जना बचतकर्ताको १ अर्ब २१ करोड ३८ लाख रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा कारबाहीको लागि पत्र पठाएको हो ।

बचतकर्ताले दिएको उजुरीका आधारमा महानगरले प्रहरीलाई पत्र पठाएको महानगरले जारी गरेको सुचनामा उल्लेख छ ।


महानगरले प्रहरीलाई पठाएको पत्रका अनुसार महानगरको कार्यक्षेत्रभित्र पर्ने सहकारीमध्ये गृहशान्ति बचत तथा ऋण सहकारी संस्थाले सबैभन्दा धेरै ३९ करोड ११ लाख रुपैयाँ हिनामिना गरेको छ ।

त्यसपछि अस्मोसिस बचत तथा ऋण सहकारी संस्थाले ७ करोड ५४ लाख रुपैयाँ अपचलन गरेको देखिएको छ ।

यस्तै ३ करोडमाथि बचत अपचलन गरेको भन्दै कारबाहीका लागि सिफारिस गरिएका सहकारीहरुमा हलमार्क बचत तथा ऋण सहकारी संस्था, मानापाथी बचत तथा ऋण सहकारी संस्था, अभिमत बचत तथा ऋण सहकारी संस्था, नव संकल्प बचत तथा ऋण सहकारी संस्था, जिलेट बचत तथा ऋण सहकारी संस्था र पर्फेक्ट बचत तथा ऋण सहकारी संस्था छन् ।

संख्याका हिसाबले आरक्ष ऋण तथा बचत सहकारी संस्थामा सबैभन्दा धेरै ५८८ जना बचतकर्ताले रकम फिर्ता नपाएको उजुरी परेको महानगरले जनाएको छ । उनीहरुले २ करोड ५० लाख रुपैयाँ दाबी रकम सहित गुनासो आएपछि महानगरले प्रहरीलाई कारबाही गर्न पत्र लेखेको थियो । त्यस्तै दोस्रोमा द नेक्स्ट सहकारी संस्थाले बचत फिर्ता नगरेको भन्दै २४४ जनाले उजुरी दिएका छन् । उनीहरुले १ करोड ८२ लाख रुपैयाँ बचत फिर्ता नआएको दाबी गरेका छन् । मध्यविन्दु बचत तथा ऋण सहकारीमा १७७ जना र नवसंकल्पमा ११३ जनाले बचत फिर्ता नभएको भन्दै उजुरी दिएका छन् । त्यहीअनुसारको पत्र महानगरले प्रहरीलाई पठाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved