यसरी भइरहेको छ लकडाउन

  • चैत्र १०, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । चिननको वुहान प्रान्तबाट शुरु भएको कोरोनाभाइर ९कोभिड–१९० का कारण अहिले विश्वनै त्रसित मात्र भएको छैन । हरेक मुलुकले ‘धमाधम लक डाउन’ गर्दै गएका छन् । आफ्ना नागरिकको सुरक्षाकालागि भन्दै शोमबार बाट नेपालमा पनि लकडाउन’ भएको छ ।

नेपालसँग सीमा जोडिएको चीन– र भारतको नाकाहरु बन्द गरिएका छन् भने मुलुकका विभिन्न जिल्लाहरु ‘लक डाउन’ गरिएकन छन् । अझ मंगलबार बाट त देश भर नै लक डाउन गरिने भएको छ । यता आज सोमबार देखिनै काठमाडौं उपत्यका प्रवेशमा रोक लगाइएको छ भने उपत्यका ‘लक डाउन’ गरिएको छ ।

यसैगरी कोरोना संक्रमणको सम्भावित जोखमबाट जोगिन प्रदेश ५ को अर्घखाची जिल्लामा आज राति १२ बजेबाट लागू हुने गरि अनिश्चितकालका लागि ‘लक डाउन’ गर्ने घोषणा गरिएको छ । आजै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठले जिल्लालाई ‘लक डाउन’ गर्ने निर्णय गरेको हो ।

उता, कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसको सम्भावित संक्रमण भित्रिन नदिन निषेधाज्ञा जारी गरिएको हो । यसैगरी कञ्चनपुरमा हिजै आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको थियो । यता पश्चिम नवलपरासीमा चैत १२ गते १४ घण्टे ‘लक डाउन’ गर्ने निर्णय गरिएको छ ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी एवम् विपद व्यवस्थापन समितिका प्रमुख बासुदेव दाहालले एक विज्ञप्तिमार्फत चैत १२ गते बिहान ५ बजेदेखि राती ९ बजेसम्म सवारी तथा उद्योग कलाकारखाना बन्द गर्ने बताएका छन् । साथै नागरिकलाई घर बाहिर ननिस्कि घर भित्रै बस्न अनुरोध पनि गरेका छ्न् । यसरी विभिन्न जिल्लामा कोरोनाको सम्भावित जोखिमबाट बच्न ‘लक डाउन’ गर्ने तयारी भइरहेको छ । भोली मंगलबार देखी देशभर लक डाउन गरिने भएको छ ।

यता, फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया युवतीलाइ कोरोना भाइरस संक्रमण फेला परेसंगै नागरिकमा झन त्रास फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी दिएको थियो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सो कुराको पुष्टि गरेका थिए ।
उनको अहिले टेकुस्थित शुक्रराज ट्रपिकलमा उपचार भइरहेको छ ।

के हो ‘लक डाउन’
‘लक डाउन’ भनेको एक यस्तो आपत्कालीन व्यवस्था हो जसअन्तर्गत निजी प्रतिष्ठान, निजी कार्यालय एवं सार्वजनिक यातायात पूर्ण रूपले बन्द गरिन्छ । अर्थात कुनै विशेष कारणविना मानिस घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैनन् ।

‘लक डाउन’को पहिलो चरणमा नाका सिल गर्ने, आपतकालीन अवस्थाबाहेक नियमित सार्वजनिक यातयातको सेवा स्थगित गर्ने, होटल, रेष्टुरेन्ट, बार तथा डिपार्टमेन्टल स्टोर र सपिङ मलहरु बन्द गर्ने, अति आवश्यक सेवाबाहेक सार्वजनिक अड्डा र सेवा निश्चित समयका लागि स्थगित गर्ने, सरकारी अड्डाका जरुरी तथा आपतकालीन काम अनलाइनबाट गर्ने, नागरिकलाई घरमै सावधानी अपनाएर सुरक्षित बस्न आग्रह गर्ने, गम्भीर विरामीबाहेक अरुलाई अस्पताल नआउन आग्रह गर्नेलगायतका विषयमा छलफल भइरहेको छ ।

’लक डाउन’को अवधिमा नेपाली सेनालगायतका सुरक्षा निकायहरु परिचालन गरिनेछ । अति आवश्यक सेवाबाहेक मानिसको बढी चहलपहल हुने निजी कार्यलय र उद्योग कलकारखना पनि निश्चित समयका लागि बन्द गर्ने गरिन्छ ।

पहिलो चरणको ‘लक डाउन’ पछि पनि अवस्था सामान्य नभए दोस्रो चरणमा ‘लक डाउन’ कडा हुनेछ । नागरिकलाई घरमै अनिवार्य रुपमा बस्न आग्रह होइन, आदेश दिइनेछ । आदेश उलंघन गरे कारबाही गर्ने व्यवस्था हुनेछ । यो महामारीबाट बच्न लागि एकान्तवास अथवा ‘आइसोलेशन’ मुख्य उपायका रुपमा लिइएको छ । कोरोनाबाट आक्रान्त भएका चीन तथा युरोपका देशहरुले पनि त्यो उपाय कार्यान्वयन गर्न ‘लक डाउन’ को निर्णय गरेका छन्

त्यसोत सरकारले गरेको आग्रहलाई बेवास्ता गर्दै कोठमाडौं उपत्यका मानिसहरु निधक्क हिँडडुल गरिरहेका छन् । उनीहरु हिँडेको देख्दा लाग्छ उनीहरुमा कोरोनाको कुनै त्रास छैन ।

सरकारले पटक–पटक आ–आफ्नो घरमा ‘आइसोलेशन’मा बस्न आग्रह गर्दापनि यसरी बेवास्ता गरि हिँड्दा नेपालमा कोरोनाको संक्रमण हुन सक्ने जोखिम झन बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved