काठमाडौं । चिनियाँ राट्रपति सी जिनपिङ राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउदैछन्।
राट्रपति सीको भ्रमणमा शनिबार साढे दुई घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने जनाइएको छ। सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखका हैसियतामा उनको नेपाल भ्रमण हुँदै छ ।
शनिबार उनको भ्रमण कार्यतालिका यस्तो छः राष्ट्रपति सी शनिबार बेलुकी ५.०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरणसँगै उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि विमानस्थलमै सैनिक सलामी अर्पण गरिने छ।
त्यसपछि सी ६ बजे सोल्टी होटल जानेछन्। त्यसपछि ६. ३० बजे राष्ट्रपति भवन शीतलनिवास जाने कार्यतालिका छ। करिब ४५ मिनेट दुई पक्षीय छलफल पछि उनी सोल्टी होटल फिर्ता हुने र सवा सात देखि साढे सात बजेसम्म विपक्षी दलका नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आयोजनामा हुने राजकीय भोजमा उनी ७.३० देखि सहभागी हुने छन् । यसका साथै सुरसुधा ब्याण्डद्वारा सांगीतिक प्रस्तुति गर्ने कार्यक्रम रहेको छ। शनिबार मुख्यगरी राष्ट्रपतिसँग भेट र राष्ट्रपतिको रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved