काठमाडौं । सरकारले एक हप्ते लकडाउनलाई कडाइका साथ लागू गर्न सुरक्षाकर्मी परिचालन गरेको छ।
बिहान ६ बजेदेखि नै लकडाउन सुरु भइसकेको अवस्थामा सडकमा निस्किएका सर्वसाधरणलाई सुरक्षाकर्मीले रोक्दै घर फर्काइरहेका छन्। लकडाउन सुरु भएपछि काठमाडौंको सडक करिब सुनसान जस्तै छ। पानीका ट्यांकर, एम्वुलेन्स, संचारका गाडीहरु मात्रै सडकमा देखिन्छन् ।
सुरक्षाकर्मीहरुले सडकमा निस्किएका मानिसहरुलाई कडाइका साथ सोधखोज र चेकजाँच गरिरहेकाले बाहिर निस्कँदा ख्याल गर्नुपर्ने भएको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर मानिसहरुलाई सडकमा निस्कनबाट रोक्ने अभियान थालिएको जानकारी दिएका छन्। उनले जवर्जस्ती सडकमा आउनेलाई कार्वाही गरिने पनि जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved