एसीसी इमर्जिङ टिम्स एसिया कप स् श्रीलङ्का : अफगानिस्तान विजयी

  • असार २८, २०८०
  • कालापानी मिडिया
alt

एसीसी इमर्जिङ टिम्स एसिया कपमा श्रीलङ्का ए ले बङ्गलादेश ए लाई ४८ रनले हराएको छ ।

श्रीलङ्काले दिएको ३ सय ५० रनको विशाल लक्ष्य पछ्याएको बङ्गलादेश ४८ ओभर ३ बलमा ३ सय १ रनमा अलआउट भयो । बङ्गलादेशका कप्तान सैफ हसनले ५३, मोहम्मद नइमले ५१, सौम्य सरकारले ४२ र रकिबुल हसनले ४० रन बनाए । बलिङतर्फ श्रीलङ्काका प्रमोद मदुशन र दुशन हेमन्थाले ३/३ विकेट लिए ।

यसअघि कोलम्बोमा टस हारेर ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ४९ रन बनायो । श्रीलङ्काका अभिष्का फर्नान्डोले सर्वाधिक १ सय ३३ रन बनाए । यस्तै मिनोद भानुकाले ५७ र पसिन्दु सोरियाबन्दराले ४३ रन बनाए । बलिङतर्फ बङ्गलादेशका रिपोल मन्डोल र सौम्य सरकारले ३र३ विकेट लिए ।

यस्तै अर्को खेलमा अफगानिस्तान ए ले ओमान ए लाई ७२ रनले हराएको छ ।

अफगानिस्तानले दिएको २ सय ६८ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभर ३ बलमा १ सय ९० रन बनाउँदा अलआउट भयो । ओमानका आयन खान र सोयब खानले समान ४७ रन बनाए । बलिङतर्फ अफगानिस्तानका मोहम्मद इब्राहिम अब्दुलरहिमजाई र जिया उर रेहमानले ३र३ विकेट लिए ।

यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ४९ ओभरमा ८ विकेट गुमाएर २ सय ६७ रन बनायो । अफगानिस्तानका जुबैद अकबरीले ७९ र कप्तान शाहिदुल्लाह कमलले ४५ रन बनाए । बलिङतर्फ ओमानका कलीमुल्लाह र कप्तान अकिब इलियासले २र२ विकेट लिए ।

नेपालले पहिलो खेलमा भोलि शुक्रवार पाकिस्तानको ए टोलीसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । नेपालले दोस्रो खेल भारतको ए टोलीसँग साउन १ गते र यूएईको ए टोलीसँग साउन ३ गते खेल्नेछ । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved