चितवन ११ चैत : वीरगञ्ज–२२, जगन्नाथपुरका ३० वर्षीय सन्तोष यादव लामो समयदेखि लुपस रोगबाट पीडित रहेको र मृगौला कमजोर रहेको बिरामी भएको अस्पतालका प्रवक्ता डा। भोजराज अधिकारीले लिखितरुपमा गराएको जानकारीमा उल्लेख छ ।
“पहिलेदेखि नै लुपस भन्ने रोगले मृगौलासमेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण भई चितवन मेडिकल कलेजबाट रिफर भई कोभिड १९ को आशंकामा आउनुभएको थियो”, अधिकारीले जारी गरेको जानकारीमा भनिएको छ, “चैत ९ गते राति १० बजे भर्ना भएका बिरामीको स्वाब १० गते नै काठमाडौं पठाइएको छ ।
” उनलाई हिजो १० गते दिउँसोबाट श्वासप्रश्वासमा गम्भीर समस्या आएपछि आईसीयूमा राखिएको थियो । समस्या बढ्दै गएपछि आज बिहान ९ः३० बजे यादवको मृत्यु भएको डा। अधिकारीले जानकारी दिए । स्वाबको रिपोर्ट नआएसम्म उनमा कोरोना थियो कि थिएन भन्न नसकिने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved