कान्तिपुर टिभीले चुलोमा लात हान्यो, मलाईं न्याय चाहियो - पत्रकार सिंह

  • श्रावण १२, २०८०
  • कालापानी मिडिया
alt

महेन्द्रनगर। विगत दुई दशकदेखि कञ्चनपुरलाई कार्यथलो बनाएर ‘कान्तिपुर टेलिभिजन’ मा कार्यरत पत्रकार तेज बहादुर सिंह (मुस्कान) ले सम्बद्ध संस्थाले अन्यायपूर्ण ढंगले जागिरबाट हटाउन खाजेको भन्दै न्यायका लागि आग्रह गरेका छन्।

नेपाल पत्रकार महासंघलगायत सञ्चार सम्बद्ध सबै संघ–संस्थाहरुलाई आज (शुक्रबार) जानकारी पत्र पठाउदै सिंहले न्यायका लागि पहल गरिदिन आग्रह गरेका हुन। पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधव सिंह धामीलाई सम्बोधन गरी लेखिएको जानकारी पत्रको बोधार्थ महासंघ केन्द्रीय समिति, प्रेस काउन्सिल नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समिति, नेपाल प्रेस यूनियन, प्रेस चौतारी, प्रेस सेन्टर र श्रमजीवी पत्रकार संघलगायतलाई पनि दिइएको छ।

आवश्यक जानकारी र ऐक्यवद्धताका लागि भन्दै पत्रकार सिंहले दिएको पत्रमा आफू २०५९ सालदेखि ‘कान्तिपुर टेलिभिजन’ मा कार्यरत रहेको र अहिले अन्यायपूर्ण ढंगले कामबाट बिमुख बनाउन खोजिएको जानकारी दिइएको छ।

‘बिभिन्न कठिन परिस्थिति र कालखण्डमा आफ्नो जीवननै दाउमा राखेर संस्थाको हित र पत्रकारिताको मूल मर्म तथा इमान्दारिताका साथ काम गर्दा गर्दै पनि मिति २०७९ असोज ३० गतेदेखि श्रमजीवी पत्रकारिता ऐन विपरीत उक्त संस्थाले अन्यायपूर्ण र अपमानित ढंगले जागिर छुटाउने प्रपञ्च रच्दै दुःख दिने नियतले अपायकमा सरुवा गरी स्पष्टीकरण सोध्ने कार्य गरिरहेको जानकारी गराउँछु,’ पत्रमा भनिएको छ।

उक्त संस्थाले विगत १० महिनादेखिको सेवा, सुविधा तथा कार्यालयको भाडा नदिदा दैनिक हातमुख जोर्न समेत कठिन भएको पत्रकार सिंहले बताए। पत्रकार महासंघलगायत संघ–संस्थाको ऐक्यवद्धता र समर्थन खोज्दै आवश्यक पहलका लागि अनुरोध गरिएको सिंहले जानकारी दिएका छन्।

यसअघि पनि पत्रकार सिंहले महासंघको केन्द्रलाई यसबारे पटक–पटक जानकारी गराएका थिए। तर, महासंघले कुनै पनि पहल नगरी अनिर्णयको बन्दी बनाउन खोजेको उनले बताए। ‘कान्तिपुर प्रशासनले मेरो चुलोमा लात हानेको छ,’ उनले भने, ‘मैले न्याय पाउनुप-यो, श्रमजीवीको मुद्दामा महासंघले गम्भीर ढंगले काम गर्नुप-यो ।

साहूको भन्दा पनि पत्रकारको पक्षमा महासंघ बोलोस्।’ भनेको भन्दै न्यायका लागि आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved