सप्तरी । सप्तरीको सुरुङा नगरपालिका८ महुलियाका शैलेन्द्र चौधरीमा पनि कोरोनाको आसंका गरिएको छ । शनिवार कतारबाट नेपाल अएका चौधरीलाई ज्वरो, खोकी लागेर गाउमा उपचार गर्दापनि ठिक नभएको जनाइएको छ ।
सुरुङा नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष इन्द्र नारायण चौधरीले उनी घरमै रहेको र उनको अनुहार समेत बिग्रेको वाताएका छन् ।
चौधरीलाई कोरोनाको आसंका भएको भन्दै वडाध्यक्षले उनको उपचारको व्यवस्था गरिदिन अनुरोध गरे संगै स्थानीयको सहयोगमा कोशी अञ्चल अस्पताल लगिएको वताइएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved