५ दिनदेखी भीमदत्त राजमार्ग बन्द, ७ पहाडि जिल्लाको यातायात सेवा ठप्प, खुलाउने प्रियास जारी

  • श्रावण २७, २०८०
  • कालापानी मिडिया
alt

कञ्चनपुर। सुदुरपश्चिमका ७ पहाडि जिल्ला जोड्ने भीमदत्त राजमार्ग अझै खुल्न सकेको छैन । क्षतिग्रस्त राजमार्गका विभिन्न स्थानमा ट्रयाक खोल्ने काम भईरहेकोे छ । तर, साता दिन बित्नै लाग्दा समेत राजमार्ग सुचारु नहुदा यात्रु तथा व्यापारीले हैरानी बेहोर्नु परेको छ ।

कैलालीको गोदावरी नगरपालिका –४ बुढितोलामा गत सोमवार राति गोदावारी–बुढितोला सडक खण्डको विभिन्न क्षेत्रमा आएको पहिरोले सुदुरपश्चिम प्रदेशका ७ वटा पहाडि जिल्लाको यातायात सेवा ठप्प भएको थियो ।

विभिन्न कामले पहाडबाट तराईमा आउने नागरिकले १ घण्टाको उकालो ओरालो बाटो छिचोलेर वारिपारी गर्नुपर्ने बाध्यता छ।

सुदुरपश्चिमका पहाडि जिल्लामा जाने एकमात्र राजमार्ग भएको र यसको कुनै बैकल्पिक वाटो नहुदा आफुहरुले धेरै दुःख पाईरहेको यात्रुको गुनासो छ। सरकारले बैकल्पिक सडकको व्यवस्था गर्नुपर्ने माग यात्रुहरुले गरेका छन ।

पहिरोको कारण राजमार्ग बन्द हुदा तराईमा बेचविखन गर्न लगिरहेको कृषि उपजहरु बाटो खुल्ने आसमा विगत ४ दिनदेखि बुढितोलामै राखिएको एक व्यापारीले बताए।

गाडिहरु रोकिराखेकाले तरकारी सडेर लाखौको क्षति भएको उनको भनाइ छ। पहाडबाट कैलाली, कञ्चनपुर र अन्य जिल्लाका लागि तरकारी बोकेका ट्रकहरु सडकमै छन्।

मंगलवार विहानै देखि सडक डिभिजन कार्यालय कञ्चनपुरले विभिन्न ठाउको पहिरो पन्छ्याएर राजमार्ग खौल्दै गएको छ।

तर गोदावरी नगरपालिका –४ मा ठुलो पहिरो जादा समस्या भएको छ। ठाउँ ठाउँमा सडक भासिएको र चर्किएका कारण निर्वाध रुपमा सडक सुचारु गर्न अझै केहि दिन लाग्ने देखिन्छ। अहिलेलाई एकतर्फि मात्रै खोल्न सकिने सडक डिभिजन कार्यालय कञ्चनपुरका डिभिजनल ईन्जिनियर हरि प्रसाद सुबेदी ले बताएका छन।

अहिले ३ वटा जेसिवि, १ लोडर र २ वटा स्काईभेटर लगाएर सडकमा रहेको लेदो माटो हटाउने र सडक किनारमा ढुंगा भर्ने काम भइरहेको छ।

सुदुरपश्चिममा केहि दिन यता पानी परिरहेको छ। ठुला गाडिहरु गुड्न भने अझै केही दिन लाग्ने सडक डिभिजन कार्यालय कञ्चनपुरले जानएको छ।

पहिरोका कारण गोदावरी नगरपालिकामा–४ मा ५ घरपरिवारका करिव २० जना विस्थापित भएका छन । उनिहरुको घरबारी पहिरोमा परेको छ। विस्थापितहरु छिमेकी कहाँ आश्रय लिएर वसिरहेका छन ।

यस्तै यात्रुहरुलाई सहजताका लागि सुदुरपश्चिम ट्राफिक प्रहरी कार्यालयले पहिरो गएको ठाउको वारि र पारि चुस्त दुरुस्त तरिकाले ट्राफिक व्यवस्थापन गरिरहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका कार्यालय प्रमुख प्रहरी उपरिक्षक नेत्रमणि गिरीले बताए।

सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने एकमात्र भीमदत्त राजमार्ग भएकाले सडक समयमै सञ्चालनमा नआउने हो भने खाद्यान्न लगायत विरामीहरुलाई समेत समस्या पर्ने देखिन्छ। यस्ता समस्याबाट मुक्ति पाउन बैकल्पिक सडकहरु संचालनमा ल्याउन सरकारले तदारुकता देखाउन आवस्यक छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved