भारतीय जेल तोडेर फरार भएकी नेपाली युवती प्रहरी फन्दामा, तीन जना सहयोगी पनि समातिए

  • श्रावण २७, २०८०
  • कालापानी मिडिया
alt

महेन्द्रनगर। भारत, उत्तराखण्डको पिथौरागढस्थित बन्दी गृहबाट फरार भएकी एक जना नेपाली युवती सहयोगीसहित पक्राउ परेकी छन्। दार्चुलाको दुम्लिङ घर भएकी २५ वर्षीया अनुष्का भनिने आकृती बुढाथोकीलाई पिथौरागढ प्रहरीले आज थल क्षेत्रबाट पक्राउ गरेको हो।

बुढाथोकीलाई भगाउन सहयोगीको भूमिका निर्वाह गरेको भन्दै एक नाबालिकासहित तीन जना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ। बुढाथोकी पिथौरागढस्थित बन्दी गृहबाट शनिबार राति करिब १२ देखि ४ बजेको बीचमा भागेको हुनसक्ने आशंका प्रहरीको छ।

लागूऔषध मुद्दामा पक्राउ परेकी बुढाथोकी फरार भएपछि उनीमाथि थप अभियोग लगाइएको छ। दार्चुलाको सीमावर्ती भारतीय बजार धार्चुलाबाट एक किलोभन्दा बढी चरेशसहित सन् २०२१ मा उनी पक्राउ परेकी थिइन्। उनीविरुद्ध अदालतमा मुद्दा चलिरहेको थियो। अन्तिम टुंगो नलागेकाले बन्दी गृहमा राखिएको थियो। बुढाथोकी फरार घटनाले भारतीय प्रहरी तनावमा परेको थियो। १२ वटा छुट्टाछुट्टै टोली बनाएर खोजि कार्य चलिरहेको थियो। अन्ततः उनलाई पिथौरागढ नजिकको थल गाउँको जंगलमा फेला पारेपछि त्यहाँको प्रहरीलाई राहत महशुस भएको छ।

प्रहरीले जिल्लाका ग्रामिण बस्ती, ब्यारियल, अन्तर्राष्ट्रिय झुला पुललगायत क्षेत्रमा सघन चेकिङ अभियान चलाएको थियो। त्यसक्रममा सीसीटीभी फुटेजहरु पनि हेरिएका थिए। प्रहरीले बुढाथोकीलाई सहयोग गरेको भन्दै थलका रबिन्द्र भट्ट, धार्चुला हिमखोलाका हरिष विष्ट र एक जना नाबालिकालाई पनि पक्राउ गरेको जनाएको छ। बुढाथोकी बन्दी गुहको झ्याल फोडेर फरार भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved