उखुमा जस्तै केरामा पनि भुक्तानीको समस्या

  • श्रावण २८, २०८०
  • कालापानी मिडिया
alt

रमेश कुमार भुसाल, नवलपरासी । उखु खेतीबाट वाक्क परेर केरा खेती गरेका पश्चिम नवलपरासीका किसानहरु केरा खेतीमा पनि उस्तै समस्या भोगेका छन् । पछिल्ला समयमा केरा मा पनि उखुको जस्तै भुत्तानीमा समस्या रहेको केरा किसानहरुले बताएका छन् । पहिलो १/२ बर्ष राम्रो भएपनि अहिले भुत्तानी नपाएको किसानहरुले बताएका छन् । सहरका व्यापारीहरु सँग केहि स्थानियहरुकोे सम्पर्क बढेपछि स्थानियहरुनै दोस्रो दर्जाका व्यापारी वनेका कारण पनि केरा खेतीको बजारीकरण र भुत्तानीमा समस्या आएको केरा किसान लक्ष्मण सिङ थापा भनाई छ ।

पश्चिम नवलपरासीका केरा किसानहरुले पछिल्लो २/३ बर्ष देखिनै केराको भुत्तानी पाउन सकेका छैनन् । स्थानिय तह, प्रहरी प्रशासन र जिल्ला प्रसासनलाई समेत केराको भुत्तानीका समवन्धमा पटक पटक समस्या समाधानको लागी पहल गरेको किसानहरुले बताएका छन् । खास गरि स्थानिय व्यापारीहरु बाटै केराको धेरै जसो भुत्तानी हुन सकेको छैन् । भुत्तानी समस्या समाधानको लागी स्थानिय पालिकाले कार्यविधिनै बनाउनु पर्ने केरा उत्पादक संघ पश्चिम नवलपरासीको बताएको छ । स्थानिय पालिकाहरुले कार्यविधि नबनाउदा केरा उत्पादक संघले समेत नियमन गर्न नसकेको केरा उत्पादक सँघ नवलरासीका अध्यक्ष लख्खु यादवको भनाई छ ।

यता केरा किसानहरुको समस्या प्रति गम्भिर वनेको प्रतापपुर गाँउपालिकाले जनाएको छ । केरा किसानहरुको भुत्तानी , केराको बजारीकरण साथै बजार सुनिश्चिता गर्ने भन्ने सवालमा कार्यविधि बनाएर अगाडि वढ्ने प्रतापपुर गाँउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवको भनाई छ ।

पश्चिम नवलपरासीको सुस्ता र प्रतापपुर गाँउपालिका केराको पकेट क्षेत्रको रुपमा चिनिन्छ । सुस्ता र प्रतापुरमा २ हजार विगाह मा केरा खेति हुदै आएको छ । जसबाट किसानले केरा विक्रि बापतको दुई करोड बढि रकम पाउन बाँकि छ । उखु विक्रि बापतको भुक्तानी समयमै नपाउने समस्याले किसानलाई पिरोल्न थालेको छ भने केरा खति बाट पनि पलायन हुन पर्ने अवस्था आउने त होइन ? समवन्धित निकायको ध्यान वेलैमा पुग्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved