धनगढी । कैलालीको गौरीफन्टा नाकामा अलपत्र परेका नेपालीहरुको तथ्याङ्क संकलन गर्ने कार्य भई रहेको छ । भारतबाट नेपाल आएका सायौ नेपालीहरु लकडाउन गरिएका कारण अलपत्रमा परेका छन् ।
नाकामा गएरातीदेखि अलपत्र परेका सयौँ नेपालीहरुको तथ्याङ्क संकल गरी गृहमन्त्रलयमा पठाउने काम भई रहेको कैलालीका साहयक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिएका छन् ।
उनीहरुले नेपाल प्रवेशको अनुमती पाएका छैनन् भने सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दशगजामै रोक्न सकस भईरहेको छ।
सीमानाकाको बस्तु स्थिती र तथ्याङक गृहमा पठाएपछि गृहको निर्णयका आधारमा अलपत्रमा परेकाहरु ब्यबस्थापनका सम्बन्धमा निर्णय गरिने जोशीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved