संसदको गतिरोध अन्त्यको उपाय खोज्न प्रमुख दलहरुको बैठक आज पनि बस्दै

  • भदौ ४, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको छानविनका लागि उच्चस्तरीय समिति बनाउनु पर्ने प्रमुख प्रतिपक्ष एमालेको अडान र त्यसमा सहमत नहुने सत्तापक्षको अडानका कारण सिर्जित संसद्को गतिरोध अन्त्य गर्न सोमबार पनि प्रमुख दलहरुको बैठक बस्ने भएको छ ।

आइतबार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको बैठक बसेकोमा बैठक विना निष्कर्ष टुंगिएको थियो । आइबारको बैठकमा एमाले आफ्नो अडानबाट पछि नहटेपछि सोमबार अपरान्ह ४ बजे पुनः बस्ने गरी आइतबारको बैठक अन्त्य गरिएको थियो ।

आइतबारको बैठकमा सरकारकातर्फबाट उपप्रधान एंव गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल अर्को छानविन समिति बनाउँदा हाल भइरहेको अनुसन्धान प्रभावित हुने भन्दै निश्चित समय नेपाल प्रहरीलाई नै अनुसन्धानकालागि दिन र त्यसपछि आवश्यक परे छानविन समिति बनाउन सकिने बताउनुभएको थियो ।

एमालेको अवरोधका कारण गत साउन १० गतेदेखि संसद बैठक अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आज तराईका केही स्थान ...

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको ...

आज बैशाख शुक्ल पक्षक ...

काठमाडौं । आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार सन् २०२४ मे ९ तारिख। वैशाख शुल्क पक्षको प्रतिपद ...

हैदरावादका ओपनर टेभ ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर ज ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved