नेपाली युवतीको विभत्स हत्या गर्ने भारतीय सेना कर्णेल पक्राउ

  • भदौ २७, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । भारतमा एक सैनिक अधिकारी ९कर्णेल० नेपाली युवतीको हत्या आरोपमा पक्राउ परेका छन्।

भारतीय सेनाका ४२ वर्षका लेफ्टिनेन्ट कर्नेल रामेन्दु उपाध्याय नेपाली मूलकी नेपाली युवती श्रेया शर्माको हत्या आरोपमा पक्राउ परेका हुन्।​ श्रीमती र डेढ वर्षका बाबुका पिता रामेन्दु र र काठमाडौंकी श्रेया विवाहेतर सम्बन्धमा थिए। उपाध्याय हालै सिलगढीबाट देहरादुनमा सरुवा भएका थिए, जहाँ उनले पहिलोपटक श्रेयालाई डान्स बारमा भेटेका थिए।

श्रेयाले विवाह गर्न दबाब दिएपछि गत शनिबार राति घुम्न जाने बहानामा बाहिर लगेर हत्या गरेको उत्तराखण्डका प्रहरी प्रमुख एससी सरिता डोभालले जानकारी दिइन्।

शनिबार राति युवतीले काम गर्ने डान्स बारमा दुवै जनाले मदिरा सेवन गरेका थिए। तयसपछि उपाध्यायले घुम्न जाने प्रस्ताव गरेका थिए। सुनसान ठाउँमा पुगेर कार पार्क गरी श्रेयाको टाउको र मुखमा हथौडा प्रहार गरी हत्या गरेर फरार भएका थिए। प्रहरीले हत्यामा प्रयोग भएको हतियार, कार र अपराध गर्दा उपाध्यायले ​लगाएको लुगासमेत बरामद गरेको छ।​

सीसीटीभीको सहयोगमा सोमबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। आरोपी उपाध्यायले हत्या गरेको स्वीकार गरेको पनि प्रहरीको भनाइ छ। देहरादून सरुवा भएपछि श्रेयाका लागि छुट्टै फ्ल्याट भाडामा लिएर राखेको उपाध्यायले प्रहरीलाई बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved