नेपालमा अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

सरकारले तिर्ने वैदेशिक ऋण र महँगी बढ्ने, रेमिट्यान्स पठाउनेलाई भने फाइदा

  • आश्विन २, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालमा अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज मङ्गलवार नेपाली बजारमा अमेरिकी डलरको भाउको खरिददर १ सय ३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ५४ पैसा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि नेपाली मुद्रा अमेरिकी डलरसँग यति कमजोर बनेको थिएन ।

हिजो सोमवार भारतीय मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर बनेपछि आज नेपाली बजारमा डलर महँगो भएको हो । डलरको भाउ बढ्दा रेमिट्यान्स पठाउनेहरूलाई फाइदा भए पनि बाँकी सबैतर्फ नेपाललाई घाटा हुन्छ । नेपालको निर्यात व्यापार निकै कम भएको र आयात चुलिँदो अवस्थामा रहेका कारण डलरको भाउ बढ्दा महँगी बढ्नुका साथै डलर सञ्चितीमा सरकारलाई दबाब पर्ने गर्छ ।

यस्तै सरकारले तिर्ने ऋणको साँवा र ब्याज भुक्तानीसमेत बढ्ने गर्छ । डलरसँगै युरो र पाउन्डको भाउ पनि बढेको छ । आज नेपाली बजारमा युरोको खरिद मूल्य १ सय ४ रुपैयाँ ८६ पैसा छ भने बिक्री मूल्य १ सय ४२ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै बेलायती पाउन्डको खरिद मूल्य १ सय ६४ रुपैयाँ ९० पैसा र बिक्री मूल्य १ सय ६५ रुपैयाँ ६४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved