राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्छ - ओली

  • आश्विन २, २०८०
  • कालापानी मिडिया
alt

                                                                 फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्ने बताएका छन् । देश गम्भीर सङ्कटको अवस्थामा पुगेको उल्लेख गर्दै अध्यक्ष ओलीले ती समस्याहरूलाई समाधान गर्न सबै राजनीतिक दल एकजुट भएर अघि बढ्नुपर्ने बताएका हुन् ।
आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक कार्यक्रममा उहाँले धरै प्रकारका खतराहरूबाट देश जेलिएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउनु प्रमुख राजनीतिक दलहरूको कर्तव्य भएको उल्लेख गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेम्वाङको राष्ट्रवादी सोचका कारण देशप्रतिको असाधारण निष्ठा रहेको भन्दै लामो राजनीतिक इतिहासमा कहिल्यै पनि असान्दर्भिक र स्वार्थी कदम नचालेकाले उनीबाट नेपाली राजनीतिले धेरै कुरा सिक्नुपर्ने बताए ।

अध्यक्ष ओलीले भने, ‘उहाँ वेइमान हुनुभएन, मिठो बोल्ने भन्दा पनि देशप्रति असाधारण निष्ठा थियो । देशहित विपरीतका कहिल्यै कुनै कदम चाल्नुभएन । असामूहिक, असान्दर्भिक र स्वार्थी कदमहरु कहिल्यै चाल्दै चाल्नुभएन ।’

उनले सुवासचन्द्र नेम्वाङको स्मृतिमा बोल्नुपर्दा आफूलाई अझै पत्यार नलागेको भन्दै नेम्वाङ आफ्नो सहयात्री भएको बताए । लोकतान्त्रिक आन्दोलन, संसदीय भूमिका, संविधान निर्माणलगायतका प्रश्नमा नेम्वाङको भूमिका उच्च रहेको भन्दै अध्यक्ष ओलीले नेम्वाङको निधनपछि एमालेले असाधारण क्षती बेहोरेको बताए ।

नेम्वाङले संविधान निर्माण र जारी गर्न प्रभावकारी र अभिभावकीय भुमिका निर्वाह गरेकै कारण संविधान जारी हुन सकेको उनको भनाइ थियो । ओलीले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, तत्कालीन राष्ट्रपति रामवरण यादव र मस्यौदा समितिका सभापति कृष्ण सिटौलालाई संविधान जारी नगर्न दबाब दिइएको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आज तराईका केही स्थान ...

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको ...

आज बैशाख शुक्ल पक्षक ...

काठमाडौं । आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार सन् २०२४ मे ९ तारिख। वैशाख शुल्क पक्षको प्रतिपद ...

हैदरावादका ओपनर टेभ ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर ज ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved