डडेल्धुरा गौरा भलिबल तथा डेउडा २०८० सम्पन्न

भलिबलको उपाधि सृजनसिल समैजी युवा क्लव लेकुडा लाई

  • आश्विन २, २०८०
  • कालापानी मिडिया
alt

डडेल्धुरा । डडेल्धुरा गौरा भलिबल तथा डेउडा कार्यक्रम सम्पन्न भएकोछ । आज मंगलबार खबरदारी न्युजको आयोजनजा र डडेल्धुरा युवा मञ्चको प्रर्बद्धनमा आयेजना गरिएको गौरा भलिबल तथा डेउडा कार्यक्रम सम्पन्न भएको हो ।

डडेल्धुरा चिनाऔ अभियानको मुल नाराका साथ कार्यक्रम गरिएको कार्यक्रम व्यवस्थापक सुर्दशन ओझाले बताए । कार्यक्रमको उदघाटन सत्रमा प्रमुख अतिथी भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौत, सभापतिमा खबरदारी न्युजका सम्पादक दिपकराज भट्ट,बिशिष्ट अतिथीमा प्रमुख जिल्ला अधिकारि अन्जन न्यौपाने, नेपाल प्रहरि डडेल्धुरा प्रमुख दिपक कार्कि, शसस्त्र प्रहरि नेपाल नं ५२ गुल्म हे।क्वा डडेल्धुरा प्रमुख बिरेन्द्र पाल रहेका थिए ।

कार्यक्रम डडेल्धुरा जिल्ल सदरमुकाम बाट १३ किलोमिटर पश्चिममा रहेको भागेश्वर गाँउपालिकाको केन्द्र सरस्वती माविमा गरिएको थियो । कार्यक्रम ३ दिन सम्म चलेको ओझाले बताए ।
३ दिनसम्म चलेको कार्यक्रममा खुल्ला भलिबल प्रतियोगिता ,डेउडा र अग्नी नियन्त्रण सम्बन्धि सचेतनामुलक प्रर्दसन गरिएको थियो ।

भलिबल प्रतियोगितामा सुदरपश्चिमका १२ टिमको सहभागिता रहेको थियो । भलिबलमा प्रथम,द्धतीय र तृतीय हुने टिमले क्रमशः ३७ हजार ३७ , १७ हजार १७ र ८ हजार ८ सय ८८ नगद सहित ट्फि, मेडल र प्रमाण पत्र पाएको थियो ।

यस्तै कार्यक्ममा डेउडियाहरु लाई नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा शसस्त्र प्रहरि डडेल्धुराको सहकार्यमा अग्नी नियन्त्रण सम्बन्धि सचेतना प्रर्दशनी गरिएको थियो जसमा सिलिन्डरमा हुने आगलागि बाट कसरि बच्ने ,वनमा हुने आगलागि बाट कसरि बच्ने उपाहरुको बारेमा प्रर्दशनी गरेको थियो ।

समापन सत्रको औपचारिक कार्यक्रममा प्रमुख अतिथीमा भागेश्वर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र भारती , सभापतिमा खबरदारी न्युजका सम्पादक दिपकराज भट्ट रहेका थिए । भलिबल तर्फ पहिलो सृजनसिल युवा क्लव भागेश्वर लेकुडा, द्धतीय समाजसेवी सुरत तमोली र तृतीयमा मुनवाक युवा क्लव डुंगरिले उपाधि हात पारेको थियो ।

कार्यक्रममा बोल्दै सभापति भट्टले भने यो कार्यक्रम हाम्रो निरन्तर अभियान हो, हामी यसमा सबैको साथ र सहयोगको अपेक्षा गरेका छौ, हामीले यस मैदानमा आएका खेलाडिहरुलाई राष्ट्रिय स्तरसम्म पुगाउनु हो, हामीले बिभिन्न चुनौकि बाबजुत पनि यो कार्यक्रम गरेका छौ । यसमा सहकार्य गर्नुहुने सबैलाई हामी हाम्रो टिमको तर्फ बाट धन्यबाद दिन चाहान्छौ ।,

समापनमा बोल्दै प्रमुख अतिथीले भारतीले आयोजक खबरदारी न्युज परिवारलाई धन्यबाद दिदै यो कार्य सकारात्मक भएको र यस्ता कार्यक्रमले स्थानीयहरुको मनोबल बढने तथा पर्यटन प्रचारमा सहयोग पुग्ने बताए ।

379652398_244080068631080_8977137285894908563_n 379659971_2070265656646431_4182335465342885702_n 379299063_614968890716788_4201543514488460409_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved