पुलिसलाई हराउँदै गण्डकीले जित्यो राष्ट्रिय भलिबलको उपाधि

  • आश्विन २, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । गण्डकी प्रदेशले लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि जितेको छ ।

आज मङ्गलवार भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ ले हराउँदै गण्डकीले उपाधिसहित एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो । गएको वर्ष पनि यी दुवै टिम फाइनल पुगेकोमा लगातार वर्षाले खेल रोकिएपछि पुरस्कार बाँडेर लिएका थिए । ुलाइट प्रोटेस्टु का कारण सोमवारको फाइनल १–१ सेटको बराबरीपछि आजका लागि सरेको थियो ।

लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि परिसर भलिबल कोर्टमा भएको फाइनलमा पहिलो सेट २५–२३ ले जित्दै अग्रता लिएको पुलिसले दोस्रो सेट भने गुमायो । दोस्रो सेट गण्डकीले २५–१९ ले जित्यो । यस्तै तेस्रो सेट फेरि पुलिसले २५–२१ ले जिते पनि पछिल्ला दुई सेट गुमाउँदा उपाधिबाट वञ्चित बनेको हो । गण्डकीले चौथो सेट २८–२६ र अन्तिम सेट १५–११ ले जित्यो ।

उपविजेता बनेको पुलिसले पुरस्कार स्वरूप एक लाख रुपैयाँ प्राप्त गरेको छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब तेस्रो हुँदै ५० हजार रुपैयाँ पायो । प्रतियोगितामा गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्तै गण्डकीका हरि पाण्डे (बेस्ट ब्लकर), किरण गुरुङ (बेस्ट स्पाइकर0 र रमेश केसी (बेस्ट कोच) बने । पुलिसका कुलबहादुर थापा (बेस्ट सर्भर), अभिषेक थापा (बेस्ट सेटर) र भीम गाहा (बेस्ट लिबेरो) घोषित भएको रेफ्री टहलसिंह थापाले बताए ।

पुरुषतर्फ उपविजेतामा सीमित भए पनि नेपाल पुलिस क्लबले सोमवार महिलातर्फको उपाधि जितेको थियो । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २५ औँ संस्करणको लामाचौर तीज महोत्सवअन्तर्गत १० औँ संस्करणको लामाचौर कपमा महिलातर्फ चार र पुरुषतर्फ पाँच वटा टिमले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved