आज संविधान दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै

  • आश्विन ३, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्थासहित संविधान निर्माण भएको आज ८ वर्ष पूरा भएको छ ।
२०७२ साल असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा आज बुधबार देशभर विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ । २०७२ असोज ३ मा दोस्रो संविधानसभाले संविधान जारी गरेको हो ।

तर संविधान भने अझै पनि सर्वस्वीकार्य बन्न सकेको छैन । सुरुदेखिनै संविधान विभेदकारी भएको भन्दै मधेसकेन्द्रित दल, आदिवासी जनजातिलगायतले अझै असन्तुष्टि जनाउँदै आएका छन् । यसका कतिपय प्रावधान विभेदकारी भएकाले संशोधन गर्न उनीहरूले माग गरेका छन् । विसं २००७ देखिको नेपाली जनताको संविधानसभाबाट संविधान जारी गर्ने इच्छा २०७२ मा आएर मात्रै पूरा भयो । यो संविधानले मुलुकलाई संघीतामा लग्यो । २०७२ को संविधानको महत्वपूर्ण विषय भनेकै संघीयता हो । यही संविधान बमोजिम संघीय,प्रदेश र स्थानीय गरी तीन तहको सरकार गठन भयो ।

यो संविधान जारी पछि २०७४ र २०७९ गरी दुई पटक स्थानीय तह र संघीय संसद तथा प्रदेशसभाको निर्वाचन भएको छ । यद्यपि संविधानको विरोध गरिरहेका मधेश केन्द्रित दलहरु यही संविधान कार्यान्वयनका लागि सरकारमा सहभागी भइरहेका छन् । त्यस्तै यो संविधानको बिरोध गर्दै आइरहेको भएपनि राष्ट्रिय प्रजातन्त्र पार्टी यही संविधानलाई मान्दै सरकारमा सहभागी भएको थियो ।

संविधानसभाबाट संविधान बनेपछि मुलुकमा शासकीय सुशासन, समृद्धि र अमनचयन कायम हुने जुन अपेक्षा आम नेपालीको थियो त्यो पूरा नहुँदा भने निराशा उत्पन्न भएको छ । सरकारले संविधान दिवसको अवसरमा आज देशैभर सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
आज तराईका केही स्थान ...

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको ...

आज बैशाख शुक्ल पक्षक ...

काठमाडौं । आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार सन् २०२४ मे ९ तारिख। वैशाख शुल्क पक्षको प्रतिपद ...

हैदरावादका ओपनर टेभ ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर ज ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved